News Category 2075/09/04
बैदेशिक रोजगारीमा गएका सप्तरीका १ सय ४२ जनाले ज्यान गुमाए
दैनिक समाचारदाता
राजविराज, ३ पुस ।
अन्तराष्ट्रिय आप्रवासन दिवस २०१८ को अवसरमा मंगलबार सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित तोपामा गोष्ठीको आयोजना गरिएको छ ।
तिलाठी कोईलाडी गाँउपालिका र सप्तरी सामुदायिक बिकास केन्द्र नेपालको सहयोगमा तथा सुचना तथा परामर्श केन्द्रको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले सही जानकारी पाएर मात्र रोजगारीका लागि बिदेश जानुपर्नेमा जोड दिए ।
सो अवसरमा सप्तरी सामुदायिक बिकास केन्द्र तथा गैसस सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले आप्रवासन दिवसको अवसरमा अनुरोध पत्र वाचन गर्दै सप्तरीमा आव ०७४÷०७५ सम्ममा ८८ हजार १ सय ८१ जना बैदेशिक रोजगारीमा गएको तथ्याङ प्रस्तुत गरे ।
यस्तै आब २०६५ देखि हाल सम्म एक दशकको अवधीमा सप्तरीबाट बैदेशिक रोजगारीमा गएका मध्येबाट १ सय ४२ जनाले ज्यान गुमाएको जानकारी समेत दिए ।
सप्तरीमा संचालित सुचना तथा परामर्श केन्द्र स्थापना भए यता १६ सय ६० वटा ठगीमा परेको केश दर्ता भएको तथा त्यस मध्ये १ हजार ८२ वटा घटना फरफारक भई ६ करोड ५६ लाख २५ हजार ३ सय १८ रूपैया क्षतिपुर्ति दिलाएको अध्यक्ष चौधरीले जानकारी गराए ।
आयोजित गोष्ठीमा सप्तरीबाट उल्लेख्य संख्यामा रोजगारीका लागि खाडी मुलुकसहित अन्य मुलुकमा गएको जनाइएको छ ।
सो गोष्ठीमा सुचना तथा परामर्श केन्द्र राजबिराजका संयोजक रामप्रमेश मण्डलले धनुषाबाट सबै भन्दा बढी बैदेशिक रोजगारीमा जाने गरेको बताउँदै दोस्रो नम्वरमा झापा, तेस्रोमा मोरंङ, चौथोमा सिरहा र पाँचौमा सप्तरी रहेको जानकारी दिए ।
उनका अनुसार पछिल्लो बर्ष मात्रै सप्तरीबाट ११ हजार २ सय जना बैदेशिक रोजगारीका लागि गएको मध्येबाट ३५ जना महिला समेत रहेको बताए ।
सामी परियोजनाको सहयोगमा बैदेशिक रोजगारको सिलसिलामा ज्यान गुमाएका परिवारका ६६ जना बालवालिकाले ५ लाख ८० हजार छात्रबृति पाएको तथा केन्द्रको संयोजनमा ८७ जनाले एक महिने निशुल्क सीपतालिम लिएको र लाखौ ब्यक्तिलाई जिल्लाको विभिन्न स्थानिय तहमा सुचना प्रवाह गरिएको सुचना तथा परामर्श केन्द्रका संयोजक रामप्रमेश मण्डलले बताए ।
यसैगरी गोष्ठीमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बैदेशिक रोजगारमा जानू अघि सीप सिकेर राहदानी, सम्झौता पत्र, स्वास्थ परिक्षण प्रमाणपत्र, जीवन बिमाको कागज, भिसा, श्रम स्वीकृति पत्र लगायत महत्वपुर्ण कागजात आफनौ घरपरिवारमा प्रतिलिपि छोड्नुपर्ने बताए ।
बैदेशिक रोजगारबाट आएको रेमिटान्सबाट घर बनाउने बाहेक उत्पादनमुलक काममा नलगाएकोले युवाहरूले भने अनुसार बिकास गर्न नसकेकोले आएको पैसालाई रोजगारमूलक काममा लगाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले स्थानिय एजेन्टहरू मार्फत सिधै बिदेश जान चाहने ब्यक्तीहरूलाई दुःख भोग्नुपरिरहेकोले कुन कामका लागि जाने हो, त्यस सम्बन्धी कामहरू सिकेर जानुपर्नेमा जोड दिए ।
आयोजित कार्यक्रममा आप्रवासन क्षेत्रमा काम गर्ने विभिन्न ब्यक्तित्वहरूलाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले प्रशंसापत्र प्रदान गरेका थिए ।
तिलाठी कोईलाडी गाँउपालिका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रहरी उपरिक्षक राजेन्द्र विष्ट, तिलाठी कोईलाठी गाँउपालिका उपाध्यक्ष सुचिता यादब, वडा ५ का वडा अध्यक्ष राजिन्द्र साह, निमित्त प्रशासकिय अधिकृत राजु झा, जिसस सल्लाहाकार बिनोद यादब, तोपा मावि ब्यबस्थापन समितिका अध्यक्ष राधेश्याम यादब, आप्रवासन हकहित केन्द्रका अध्यक्ष जयबिन्द सिंह, नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य अवधेश झा, सप्तरीका सहसचिव चन्दनकुमार यादब लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ