News Category 2075/09/04
ललकुको उपचारका लागि सलहेश संस्थाद्वारा ७५ हजार नगद सहयोग
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
सप्तरीको बोदेबर्साईन नगरपालिका २ की ललकु देबी पासवानको उपचारका लागि एक संस्थाले ७५ हजार नगद सहयोग गरेको छ ।
नेपालबाट बैदेशिक रोजगारीका लागि कतारमा कार्यरत युवाहरुले “ललकु देबी बचाउ” अभियान संचालन गरी श्री सलहेश सेवा समाज मार्फत उक्त रकम बुधबार पीडित परिवारलाई हस्तान्तरण गरिएको सहयोगी संस्थाका केन्द्रिय अध्यक्ष दुर्गा नन्द पासवानले जानकारी दिए ।
बिगत केही बर्ष देखि अल्सर, जोन्डिस तथा बबासिर रोग लागेकोले उनको आर्थिक अबस्था समेत कमजोर भएका कारण उपचार गराउन कठिनाई भएको थियो ।
मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने, बेहोस हुने समस्याबाट पीडित रहेकी ललकु देबी बिगत ३ बर्षदेखि लहान, दरभंगा तथा बिराटनगर लगायतका ठाउँहरुमा उपचार गराउँदै आएकी थिईन् ।
आर्थिक अवस्था कमजोर भएको ललकुको उपचारका लागि ५ लाख रकम खर्च हुने चिकित्सकहरुले बताएपछि उनको उपचारको सहयोगको याचना भन्ने बिषयमा प्रकासित समाचारको आधारमा सो संस्थाले राहत संकलन गरेको हो ।
कतारस्थित कार्यरत कामदार तथा श्री सलहेश सेवा समाजका दुर्गा नन्द पासवान, राम उदगार राम लगायतका पदाधिकारीहरुको नेतृत्वमा संचालित “ललकु देबी बचाउ” अभियान मार्फत संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ