News Category 2075/09/04
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पाले पर्शुराम मिश्रको हत्या भएको चार दिन बितिसक्दा समेत हत्यारा पक्राउ पर्न नसकेको भन्दै बुधबार स्थानियहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहको मिश्रको हत्यामा संलग्नता रहेको भन्दै उनीहरु पक्राउ पर्न नसकेको भन्दै स्थानियहरुले प्रहरी प्रशासन बिरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शन अघि स्थानियहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष मिश्रको हत्यारालाई पक्राउ गर्न माँग गरेका थिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको थियो ।
गत शनिबार राती लागु औषध गाँजा सेवन गरि मुखिँयासहितका समूहले बन्चरोले घाँटीमा प्रहार गरेपछि मिश्र गम्भिर घाइते भएका थिए । गम्भिर घाइते मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो । तर, सो अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार बिराटनगर लगिदै गर्दा मिश्रको बाटोमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ