News Category 2075/09/04
हत्यारा पक्राउ पर्न नसकेको भन्दै स्थानियद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ४ पुस ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा ज्यालादारीमा कार्यरत पाले पर्शुराम मिश्रको हत्या भएको चार दिन बितिसक्दा समेत हत्यारा पक्राउ पर्न नसकेको भन्दै बुधबार स्थानियहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।
सोही वडा निवासी शैलेन्द्र मुखियाँसहितको समूहको मिश्रको हत्यामा संलग्नता रहेको भन्दै उनीहरु पक्राउ पर्न नसकेको भन्दै स्थानियहरुले प्रहरी प्रशासन बिरुद्ध प्रदर्शन गरेका हुन् ।
प्रदर्शन अघि स्थानियहरुले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलसमक्ष मिश्रको हत्यारालाई पक्राउ गर्न माँग गरेका थिए ।
तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठी निवासी २७ वर्षिय पर्शुराम मिश्रलाई शनिबाराती कार्यालयमा डियुटी गरिरहेको बेला बन्चरो प्रहार गरि हत्या गरिएको थियो ।
गत शनिबार राती लागु औषध गाँजा सेवन गरि मुखिँयासहितका समूहले बन्चरोले घाँटीमा प्रहार गरेपछि मिश्र गम्भिर घाइते भएका थिए । गम्भिर घाइते मिश्रलाई उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो । तर, सो अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार बिराटनगर लगिदै गर्दा मिश्रको बाटोमै मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ