News Category 2075/09/04

गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल

दैनिक समाचारदाता

गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल

दैनिक समाचारदाता
राजविराज, ४ पुस । 
    बिपद् ब्यबस्थापन समिति सप्तरीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आर्थिक रूपले पछाडी परेका तथा गरिब समुदाय बढी बिपद्को चपेटामा पर्ने भएकोले उनीहरूको चेतनालाई क्रियाशिल बनाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन ।
    बुधवार राजबिराजमा आयोजित बिपद् ब्यबस्थापन सम्बन्धी नीति योजना एंव कार्य योजना निर्माण एंव कार्यान्वयन सम्बन्धी क्षमता बिकास सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम उनले सो कुरामा जोड दिएका हुन् ।
    जिल्ला बिपद् ब्यबस्थापन समिति सप्तरीको आयोजनामा तथा कोशी पीडित समाज, डिसिए र अक्सफामको संयोजनामा आयोजित कार्यक्रममा बिपद् जोखिम न्युनिकरण राष्ट्रिय नीति र बिपद् जोखिम न्युनिकरण राष्ट्रिय रणनीति कार्ययोजना बारेमा सहजिकरण गरिएको छ ।
    सो अवसरमा प्रजिअ अधिकारी पौडेलले बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापन सम्बन्धी कानुनी प्रावधान बारे स्थानिय तथा प्रतिनिधिहरूलाई बिपद् ब्यबस्थापनको कार्ययोजना बनाई बिपद् पूर्व, बिपद् समय, र विपद् पश्चात् हुने ब्यबस्थापनको लागि प्रतिकार्य गर्नुपर्ने बताए ।
    प्रजिअ पौडेलले विपद जोखिम न्युनिकरण तथा ब्यबस्थापन र रणनीति कार्ययोजना २०७५ वारे प्रस्तुतिकरण गर्दै जनचेतनामूलक तथा सुचनामूलक कार्यक्रमहरू तयार गरि सुचना तथा संचारका माध्यमको प्रभाकारी उपयोग मार्फत सबैमा पहुँच हुने गरि विपद् सम्बन्धी जानकारी, सचेतना र सिकाई समुदायस्तरमा अभिबृद्वि गराउनुपर्नेमा जोड समेत दिए ।
    उनले आर्थिक सामाजिक रूपले पछाडी परेका समुदायमा बिपद् बढी आउने गरेकोले बिपद् ब्यबस्थापन सम्बन्धी चेतना भए पनि उनीहरू क्रियाशिल बनाउन स्थानिय तहले सचेतनाको कार्यक्रमहरू गर्नुपर्ने बताए ।
    स्थानिय स्तरमा बिपदको ब्यबस्थापन ऐन बनाई बिपद् ब्यबस्थापन समितिले बिपद् ब्यबस्थापन कोष, बिपद् ब्यबस्थापन केन्द्र, सुचना केन्द्र, राहत ब्यबस्थापन दल, स्थानियस्तरमा गठन गरि तयारी अबस्थामा राख्नुपर्नेमा स्थानियतहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षहरूलाई उनले आग्रह गरे ।
    सो अभिमुखिकरण कार्यक्रममा बिपद्का समयमा खोज तथा उद्दार र राहत ब्यबस्थापनका लागि स्थानिय श्रोत परिचालनको अभिलेख राख्ने, प्रतिकार्यलाई प्रभावकारी बनाउन बिपद् ब्यबस्थापन समिति समक्ष आबश्यक सहयोग माँग गर्ने, भण्डारण गृहको ब्यबस्थापन गर्ने वारेमा सहजिकरण गरिएको कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले जानकारी दिए ।
    यसैगरी कार्यक्रममा आप्mनो क्षेत्र भित्र भएका बिपद पूर्व तयारी सम्बन्धी कार्यको अनुगमन र सहजीकरण गर्न तथा आपतकालिन ब्यबस्थापन सँग सम्बन्धित नीति निर्माण तथा परिमार्जनमा नगरपालिका तथा गाँउपालिकाले सहयोग गर्नुपर्नेमा सहजिकरण गरिएको थियो ।
    सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादब, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कोशी पीडित समाजका निर्देशक देब नारायण यादब, बिष्णु तिमिल्सिना, लगायतले सहजिकरण गरेका थिए ।
    अभिमुखिकरण कार्यक्रममा जिल्लाका १८ औ स्थानिय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, लगायत बिपद्को क्षेत्रमा काम गर्ने सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस