News Category 2075/09/05
जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रलाई आवश्यक उपकरण प्रदान
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले युनिसेफको सहयोगमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (डिईओसी) सप्तरीलाई आवश्यक उपकरण सहयोग प्रदान गरेको छ ।
जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकमा गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले समितिका संयोजक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई सामग्रीहरु हस्तान्तरण गरे ।
युनिसेफको सहयोगमा सञ्चालित बाल केन्द्रीत विपद् जोखिम न्युनीकरण कार्यक्रम अन्तर्गत जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सबलीकरण क्रियाकलाप अन्तर्गत उपकरण तथा अन्य सामग्रीहरु प्रदान गरिएको हो ।
डिईओसीको काम कारबाहीलाई प्रभावकारी बनाउन एक सेट कम्प्युटर, प्रिन्टर, ब्याट्री, कुर्सी २ थान, एक थान खाट, टेलीफोन सेट, एक बर्षको इन्टरनेट शुल्कतथा टेलीफोन महसुल बुझाइएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झाले जानकारी दिए । यसअघि डिईओसीको भवन समेत सोही क्रियाकलाप अन्तर्गत मर्मत सम्भार गरिएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सहयोग सामग्रीले डिईओसीको काम कारबाहीलाई चुस्तबनाउन सहयोग पुग्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ