News Category 2075/09/07

विद्यालयबाट बिभिन्न विद्युतीय उपकरण चोरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    सप्तरीको  राजगढ गाउँपालिका ३ नर्घोस्थित जनक शंकर उच्च माविको कार्यालयबाट शुक्रबार बिहान विभिन्न विद्युतीय उपकरणहरु चोरी भएको छ । 
    सो विद्यालयबाट १२ भोल्टको ब्याट्री २ थान, ईन्भटर १ थान, स्टेपलाईजर १ थान, फोटोकपी मेसीन १ थान र सिपियु १ थान समेत गरी १ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता प्रहरीले चोरी गर्नेहरुको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट