News Category 2075/09/08
प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव

राजविराज÷प्रदेश नं. २ को नामाकरण, स्थायी राजधानी र भाषाबारे सुझाव संकलन गर्न प्रदेश सरकारले बनाएको आयोगले शनिबार राजविराजमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सुझावकर्ताहरुले “मिश्रित” सुझाव दिएका छन् ।
आयोगका संयोजक डा. हरीबंश झाले सुझाव दिनका लागि सहभागीहरुलाई नाम लेखेर प्रदेशको राजधानी कहाँ राख्ने?, प्रदेशको नामाकंकरण के राख्ने ? सहितका बिषयमा औचित्य, महत्वसहितको सुझाव दिन आग्रह गरिएको थियो ।
आयोगका पदाधिकारीले लिखित फोरम्याट नै तयार पारेको थियो सुझाव संकलनका निम्ति । सहभागी भएका सबैलाई यो फोरम्याट उपलब्ध गराउँदै प्रश्नको उत्तर लेखेर दिन आग्रह गरिएको थियो ।
राजधानीको नाम के हुने भनेर तीन वटा अप्सनसहितको प्रश्न राखिएको थियो । तर यो प्रश्नमा धेरै सहभागी झुक्किए । कारण थियो राजधानीको नाम । प्रदेशको नाम के हुने भनेर राखिनुपर्नेमा राजधानीको नाम राखिएपछि संयोजक झाले यो मिस्टेक भएको स्वीकारेका थिए ।
कार्यक्रममा सुझाव दिनेहरुले मधेश, मिथिला, मध्य प्रदेशमध्ये कुनै एक नामले प्रदेशको नामांकरण गर्नुपर्ने बताए । केहिले सीता, जनक, सीताराम प्रदेश बन्नुपर्ने सुझाव समेत दिए । सत्तासिन मधेशका नेताहरुले मधेश भनिरहँदा उसकै जिल्लास्तरीय नेताहरुले जानकी भने भने नेकपामा नेताहरुले मधेश हुनुपर्ने बताए ।
यता मधेशवादी दलका नेताहरुले मधेश प्रदेशबाहेक मान्य नहुने बताए । उनीहरुले शहीदले दिएको बलिदानी मधेश प्रदेश नभएसम्म पूरा हुन नसक्ने तर्क दिदैं मधेश प्रदेश नै राख्नुपर्ने बताए ।
यद्यपी राजपाका संयोजक रामप्रित यादवले मध्य प्रदेश नामांकरण बनाउनुपर्ने बताए । उनले राज्य पक्ष चतुर भएको र आठ जिल्लाको नाम मात्रै मधेश राख्दा बाँकी १४ जिल्ला यसमा सहभागी गराउन नमान्ने भएकाले मध्य प्रदेश नामांकरण गरी बाँकी जिल्ला यसमा समावेश गराउन पहल गर्नुपर्ने बताए ।
मधेशी इन्जिनियर्स एशोसिएशनका अध्यक्ष संजीब नारायण यादवले पनि मध्य मधेश नाम राख्नुपर्ने बताए । राजपका नेता समेत रहेका राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले मधेश प्रदेश र उप प्रमुख साधना झाले मिथिला मधेश प्रदेश बनाउनुपर्ने बताइन् ।
नेकपाका युवा नेता भगवती यादवले पनि मधेश प्रदेश नै बनाउनुपर्ने बताए भने अर्का युवा नेता निरंजन झाले मिथिला प्रदेश बनाउन सुझाव दिए ।
अर्का राजपा नेता तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सशित सिंहले जानकी प्रदेश बनाउन सुझाव दिए ।
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले मधेश प्रदेश बनाउन सुझाव दिएपछिच काँग्रेसका नेता राधाकान्त देवले मिथिला या मिथिला भोजपुरा नाम राख्नुपर्ने बताए ।
यसअघि आयोगले सबैभन्दा पहिलो सुझाव संकलन कार्यक्रम पर्साको बीरगंजमा गरेको छ । दोस्रो कार्यक्रम सप्तरीमा गर्ने क्रममा यहाँका सहभागीले जनकपुर नै सबैका लागि उपयुक्त ठाउँ भएको बताए । उनीहरुले जनकपुर राजधानी बनाइए सबैलाई सहज हुनेमा जोड् दिए ।
राजपाका नेता गजेन्द्र मण्डलले जनकपुर नै राजधानीका लागि उपयुक्त ठाउँ रहेको भन्दै बीरगंजले यसका निम्ति आन्दोलन गरे आफूहरु पनि सप्तरीमा राख्नका लागि अगाडि आउने बताए ।
राजपाका अर्का नेता दीपेन्द्र चौधरीले गजेन्द्रनारायण सिंह र रामराजा प्रसाद सिंहको जिल्ला सप्तरी भएकाले यहीं राजधानी बनाउनुपर्ने बताए ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड् यूनियनका अध्यक्ष अजय झाले पनि बिरगंजबासीले राजधानीका लागि बोले सप्तरीबासी पनि अगाडि आउने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ