News Category 2070/10/05
मानवअधिकार पक्षीय सोंच बनाउन आग्रह ः निमित्त मुख्य न्यायाधीश विष्ट
राजविराज÷अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीद्वारा आयोजित मानवअधिकार वर्षपुस्तक २०१४ का लागि जिल्लामा सङकलीत मानवअधिकार उल्लङ्घनका घटनाको वार्षिक पूर्व समीक्षा गोष्ठि पुनरावेदन अदालत राजविराजका निमित्त मुख्य न्यायाधीश बलराम विष्टले अर्काको अधिकारलाई मान्यता दिएमा मानवअधिकार उल्लघंनका घटनाहरु न्युनिकरणमा सहयोग पुग्ने बताउनु भएको छ ।
उहाँले कामले मानवअधिकार उल्लघंनका घटना बढाउने तर कुरा चाँही मानवअधिकार हननका घटना कम गर्ने भएर हुँदैन भन्दै न्यायधीश विष्टले मानवअधिकार पक्षीय सोंच बनाउन सबैसँग आग्रह गर्नुभयो ।
अदालतले समेत प्रकृया पु¥याएर कानुनबमोजिम मात्र गर्न सक्ने बताउँदै यर्थाथपरक घटनालाई बाहिर ल्याउन र समस्या निदान गर्न सम्पूर्ण क्षेत्रबाट सहयोगको आवश्यकता रहेको उहाँको धारणा थियो ।
सहभागीहरुले मानवअधिकार वर्र्षपुस्तकका लागि इन्सेकले प्रत्येक वर्ष गर्ने वार्षिक पूर्व समीक्षाले सरोकारवाला निकायलाई मानवअधिकारको विषयमा गम्भीर हुन सचेत गराएको बताए ।
जिल्लामा घरेलु हिंसाका घटनामा बृद्धि भएको पाइएकोले त्यसको समाधानका लागि सवैको ध्यान केन्द्रीत हुनुपर्ने सहभागीहरुको कथन थियो ।
कार्यक्रममा एमाओवादीका भन्नालाल यादव, पुनरावेदन अदालत वार एकाइका अध्यक्ष महेन्द्र चौधरी, सगरमाथा अपाङ कल्याण संघका अध्यक्ष बलदेव मण्डल, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक सञ्जालका संस्थापक अध्यक्ष सुखराम यादव, पुनरावेदन अदालतका निमित्त रजिष्ट्रार हरिश्चन्द्र इङनाम, जिल्ला अदालतका उपसचिव नवराज दुलाल, जिल्ला सरकारी वकिल कार्यालयका जुद्दबहादुर आले, जिल्ला कारागारका भागवत यादव, इन्स्पेक्टर खेमनारायण चौधरीलगायतकाले इन्सेकले गरिरहेको कामको दायरा फराकिलो पार्न सुझाव दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव राजेश झा, प्रेस चौतारीका अध्यक्ष अम्बिका दाहल, पूर्व प्रधानाध्यापकद्वय हाशिम अन्सारी, विजयानन्द झा, पत्रकार राजु वि.क., राधेश्याम वि.क., अधिकारकर्मीहरु मिरादेवी भट्टराई, पंकज पोखरेल, बिमला देव, शारदा मुडभरीले स्वास्थ्यको अधिकारलगायत आर्थिक, सामाजिक, सांस्कृतिक, विकासको अधिकार उल्लङघनका घटनाहरुलाई थप प्राथमिकता दिन आग्रह गर्नुभयो ।
शिक्षिका मन्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा इन्सेकले सङकलन गरेको वर्षभरीका घटनाहरुबारे जानकारी दिदै इन्सेक सप्तरीका प्रतिनिधि मनोहर कुमार पोखरेलले मानवअधिकार वर्षपुस्तक सबैको साझा भएकाले पूर्व समीक्षा कार्यक्रम गरी घटनाको पुष्टि र पुनःपुष्टि गर्ने गरिएको बताउनु भयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ