News Category 2075/09/09
प्रदेश २ मा मदरसा सम्बन्धी विधेयक ः राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न हुने संकेत
.jpg)
तेजप्रताप सिंह
प्रदेश २ को सरकारले ल्याउन खोजेको मदरसा सम्वन्धि एक विद्येयक बिवादास्पद बनेको छ । यस विद्येयकले प्रदेश २ का आठ जिल्लाका मुस्लिम बालबालिकाका लागि मदरसा खोल्न वैदेशिक सहयोग ग्रहण गर्ने एउटा संस्था स्थापना गर्ने अबधारणा ल्याएको छ । उच्च श्रोतका अनुसार उक्त विद्येयकमा एउटा यस्तो मदरसा शिक्षा बोर्ड स्थापनाको परिकल्पना गरिएको छ जसले कुनै पनि स्वदेशी अथवा विदेश व्यक्ति वा संघसंस्थाबाट उपहार वा दान स्वरुप मदरसाका लागि आर्थिक सहयोगको खोजी गरी भित्र्याउन सकनेछ ।
तर उक्त विद्येयक कानुन सम्बत नुहने तथा राष्ट्रिय सुरक्षामा पनि गम्भिर असर पार्ने भन्दै चौतर्फी विरोध गरिएको छ । नेपालको कानुनअनुसार कुनै पनि गैर(सरकारी संस्थाले विदेशी दान ल्याउनुभन्दा पहिले संद्यीय सरकारको स्वीकृती लिनुपर्ने हुन्छ तर सो विद्येयकले त्यस किसिमको आवश्यक कानुनलाई उल्लंधन गर्न खोजेको देखिन्छ । नेपालमा भने पहिले देखी नै विदेशी दान, खागसरी पश्चिमा दानकोे माध्यमबाट थुपैै धार्मिक संघसंस्थाहरुले आफ्नो स्वास्र्थ साँधेको तथा धर्म प्रचार गरेको इतिहास रहेको छ ।
अझ महत्वपुर्ण यो छ भने, यस विद्येयकले राष्ट्रिय सुरुक्षामा पनि गभ्भिर आँच पुर्याउने देखिन्छ । देशमा हाल कुल ९०७ बटा मदरसाहरु सरकारी निकायमा दर्ता छन् । तर बास्तवमा यो संख्या बास्तबिकता भन्दा निकै कम हो । मुस्लिम संघसंस्थाका अनुसार देशमा हाल करीब २ हजार मदरसाहरु सञ्चालनमा छ । यस मामिलामा अध्ययनरत त्रिभुवन विश्वविद्यालयसम्बद्ध एक जना अध्येता जाहिद परवेज नेपालमा मदरसाहरुको संख्या करीब ४ हजार रहेको बताउछन् ।
यी मदरसाहरुले मुख्यगरी साउदी अरेबिया, कुवेत र पाकिस्तानबाट आउने दानहरुबारे पार्दर्शी रुपले बताउन सिधासिधा अस्विकार गर्ने गरेका छन् । धेरैजसो मदरसा नेपाल(भारत सिमा नजिकै अवस्थित छन् । दुई तिहाईभन्दा बढी मुस्लिम जनसंख्या पनि यसै क्षेत्रमा बसोबास गर्ने गर्दछन् । यी मदरसाहरुले कट्टरपंथलाई बढावा दिने तथा आपराधिक मानसिकता पनि बढाउने गरेको कतिपयले आरोप लगाउने गरेका छन् । थुप्रै मदरसाहरुले शिक्षा तथा कल्याणकारी कार्यक्रमहरुको नाम मुस्लिम समुदायलाई गलत कार्यका फसाउने गरेको पनि उच्च श्रोतको दाबी छ ।
यस्तो अबस्थामा मदरसामा अनियन्त्रित तबरले साउदी अरब तथा अन्य गल्फ मुलूकहरुबाट आर्थिक सहयोग ल्याइदै गलत कार्यहरुलाई थप बल प्रदान गर्नेछ । यद्यपि मदरसासम्वन्धि उक्त विद्येयकलाई प्रदेश २ को सरकारले संसोधनको लागि फिर्ता लिएको छ तर सरकारले भने सो विद्येयक फेरि प्रस्तुत गर्ने प्रष्ट पारिसकेको छ ।
प्रदेश २ को सरकारले प्रस्ताव गरेरकोे विद्येयक लागु हुँदा त्यसले राष्ट्रिय सुरक्षामा गभ्भिर असर पार्ने कुरालाई भने नकार्न सकिदैन् । नेपाली भूमिलाई छिमेकीहरु विरुद्ध पनि पटक(पटक प्रयोग गरिएको दृष्टांत रहेको छ । यसले विद्येयकले गर्दा नेपालको राष्ट्रिय सुरक्षा सञ्जालमा थप जोखिम उत्पन्न गर्ने खतरा देखिएको छ । हालसम्म भने काठमाडौंद्धारा विदेशी पैसा ल्याउन बन्द गर्ने कार्यमा कुनै ठोस कदम चालेको देखिदैन तर नेपालको राजनीतिक संस्थापनले क्षणिक राजनैतिक स्वास्र्थहरुलाई त्यागेर राष्ट्रिय सुरक्षामा गभ्मिर हुनुपर्ने आवश्यकता देखिन्छ । नागरिक न्यूजबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ