News Category 2070/10/06
मधेशबादी दलहरु सत्ता सम्पर्ण र बिसर्जनको बाटोमा ः संयोजक गुप्ता
दैनिक संवाददाता
राजविराज, ५ माघ ।
तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले संबिधानसभामा पुगेका मधेशबादी दलहरु सत्ता सम्पर्ण र बिसर्जनको बाटोमा अघि बढेको बताउनुभएको छ ।
बलिदानी दिवसको अवसरमा तराई मधेश राष्ट्रिय अभियान संगठन निर्माण समिति सप्तरीले राजविराजमा आइतवार आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक गुप्ताले मधेशबादी दलहरुको मोर्चाबन्दी एउटा बिसंगतिलाई बढावा दिने कामको थालनी हुन लागेको बताउनुभयो ।
तमलोपा, फोरम नेपाल र सद्भावना पार्टीको बीचमा हुने मोर्चाबन्दी सत्ता सम्पर्ण र बिर्सजनबाट प्रेरित रहेको बताउनुहुँदै गुप्ताले उनीहरुबीच हुने एकताले मधेशी जनताको अधिकारको पक्षमा संघर्ष गर्न नसक्ने दाबी गर्नुभयो ।
मधेशको मुद्दालाई तिरस्कृत गरी संबिधानसभामा पुगेको मधेशबादी दलहरुले अब मधेशी जनताको पक्षमा संघर्ष गर्छ भन्ने कसरी बिश्वास गर्ने प्रश्न? गर्नुहुँदै संयोजक गुप्ताले भन्नुभयो–‘‘ मधेशको राजनीतिमा एउटा सत्ता सम्पर्ण र बिसर्जनको बाटोमा अघि बढ्ने धारका राजनीति गर्ने शक्ति छ भने अर्को मधेशी एकता गर्दै मधेशी जनताको पक्षमा संघर्ष गर्ने बाटोमा अघि बढ्ने राजनीतिक शक्ति छ ।”
एउटा धारको नेतृत्व तमलोपा, फोरम नेपाल र सद्भावना लगायतका संबिधानसभामा पुगेका मधेशबदी दलहरुले गरिरहेका छ भने अर्काे धारको नेतृत्व आफ्नो नेतृत्वको तराई मधेश राष्ट्रिय अभियानले गरिरहेको गुप्ताको कथन थियो ।
तराई मधेश राष्ट्रिय अभियान संगठन निर्माण समिति सप्तरीका रामदत्त साहको अध्यक्षतामा आयोजित बदिलानी दिवस कार्यक्रममा तराई मधेश राष्ट्रिय अभियानका नेता आरडी आजाद, दलित नेता झवर राम, सुबुद्धी साह, तराई मधेश राष्ट्रिय अभियानका सदस्य कपिल यादव, रोशन गुप्ता, सद्भावना पार्टीका युवा नेता बिनोद कुमार यादव, श्याम नारायण यादव, सुनसरीका सिताराम पण्डित लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ