News Category 2075/09/11

गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी

दैनिक समाचारदाता

गाँजा बोट फडान गरि नष्ट गर्दै प्रहरी

दैनिक समाचारदाता
राजविराज, १० पुस । 
    सप्तरी प्रहरीले लागु औषध गाँजाको बोटलाई फडान गरि नष्ट गर्ने अभियानलाई निरन्तरता दिएको छ । 
    यसैबीच प्रहरी कार्यालय महुली सप्तरीबाट खटिएको प्रहरी टोलीले जिल्लाको अग्निसाइर कृष्ण सवरण गाउँपालिका ६ मोहनपुरमा अबैध रुपमा रोपिएको एक सय ४० गाँजाका बोटहरु फडान गरेको छ । 
    स्थानिय ९ घर धुरिको वारीमा लगाएको ती गाजाँ बोटहरु फडान गरी आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    यस्तै प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार बाराको निजगढ नगरपालिका वडा नं. १३ डम्बरपुरस्थित शक्तिखोला क्षेत्रको एलानी १० विगहा जग्गामा लगाइएको अबैध गाँजाका बोटहरु फडान गरी जलाइएको छ ।

प्रतिकृया दिनुहोस