News Category 2075/09/13
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित
.jpg)
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
मैथिली लोक कथाको अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको “लोक कथा–एक विवेचना, केही मैथिली लोक कथाहरु” नामक मैथिली लोक कथाहरुको संग्रह गरि तयार पारिएको मैथिली पुस्तकको बिहीबार राजविराजमा बिमोचन गरिएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका अवकास प्राप्त सह–प्राध्यापक स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” द्वारा लिखित तथा नवीन साप्ताहिकको सहयोगमा प्रकाशित पुस्तकको लेखक स्व. सिंहका छोरा प्रा. बिजय कुमार सिंहले विमोचन गरे ।
पुस्तकले विभिन्न भाषा–भाषीहरुलाई लोककथाको सैद्धान्तिक ज्ञानमार्ग उद्देश्यले सैद्धान्तिक मद्दत पु¥याउने पुस्तकमा उल्लेख छ । यस्तै मैथिली भाषा, साहित्य, परम्परा, संस्कृति र आहार–विहार बारे जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको नवीन साप्ताहिकका सम्पादक अनिल कुमार अनलले जानकारी दिए ।
पुस्तकको पाण्डुलिपि दिएर स्व. सिंहका सहकर्मी प्रा. त्रिपुरारि शरणले प्रोत्साहन गरेपछि नवीन साप्ताहिकमा श्रृंखलाबद्ध रुपले प्रकाशन गरिए पश्चात् सो श्रृंखलाबद्ध प्रकाशनलाई पुस्तकको रुपमा प्रकाशित गरिएको उनको भनाई छ ।
पुस्तकमा भाषा, साहित्य शुद्धा शुद्धि बारे प्राध्यापक भुवनहरि कोइरालाको सहयोग रहेको छ । लेखक स्व. परमेश्वर प्रसाद सिंह त्रि.वि.को आङ्गिक स्थानीय म.वि.व.क्याम्पस राजविराजका मैथिली विभागका सह–प्रध्यापक थिए ।
पुस्तक विमोचन कार्यक्रममा डा. पिताम्बर यादव, प्रा. भुवनहरि कोइराला, अवकाश प्राप्त शिक्षक खेलानन्द झा, वरिष्ठ पत्रकार अनिल कुमार अनलको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ