News Category 2075/09/13
मैथिली लोक कथाहरुको संग्रह पुस्तक बिमोचित
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
मैथिली लोक कथाको अध्ययन तथा अनुसन्धान गरी तयार पारिएको “लोक कथा–एक विवेचना, केही मैथिली लोक कथाहरु” नामक मैथिली लोक कथाहरुको संग्रह गरि तयार पारिएको मैथिली पुस्तकको बिहीबार राजविराजमा बिमोचन गरिएको छ ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजका अवकास प्राप्त सह–प्राध्यापक स्व.परमेश्वर प्रसाद सिंह “दिनेश” द्वारा लिखित तथा नवीन साप्ताहिकको सहयोगमा प्रकाशित पुस्तकको लेखक स्व. सिंहका छोरा प्रा. बिजय कुमार सिंहले विमोचन गरे ।
पुस्तकले विभिन्न भाषा–भाषीहरुलाई लोककथाको सैद्धान्तिक ज्ञानमार्ग उद्देश्यले सैद्धान्तिक मद्दत पु¥याउने पुस्तकमा उल्लेख छ । यस्तै मैथिली भाषा, साहित्य, परम्परा, संस्कृति र आहार–विहार बारे जानकारी गराउने उद्देश्यले पुस्तक प्रकाशन गरिएको नवीन साप्ताहिकका सम्पादक अनिल कुमार अनलले जानकारी दिए ।
पुस्तकको पाण्डुलिपि दिएर स्व. सिंहका सहकर्मी प्रा. त्रिपुरारि शरणले प्रोत्साहन गरेपछि नवीन साप्ताहिकमा श्रृंखलाबद्ध रुपले प्रकाशन गरिए पश्चात् सो श्रृंखलाबद्ध प्रकाशनलाई पुस्तकको रुपमा प्रकाशित गरिएको उनको भनाई छ ।
पुस्तकमा भाषा, साहित्य शुद्धा शुद्धि बारे प्राध्यापक भुवनहरि कोइरालाको सहयोग रहेको छ । लेखक स्व. परमेश्वर प्रसाद सिंह त्रि.वि.को आङ्गिक स्थानीय म.वि.व.क्याम्पस राजविराजका मैथिली विभागका सह–प्रध्यापक थिए ।
पुस्तक विमोचन कार्यक्रममा डा. पिताम्बर यादव, प्रा. भुवनहरि कोइराला, अवकाश प्राप्त शिक्षक खेलानन्द झा, वरिष्ठ पत्रकार अनिल कुमार अनलको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ