News Category 2075/09/13
कारागारमा झण्डै तीन गुणा कैदीबन्दी
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
राजविराज कारागारमा क्षमताभन्दा झण्डै तिन गुणा कैदीबन्दी रहेका छन् । एक सय २५ जना कैदी–बन्दीको क्षमता रहेको सो कारागारमा हाल १८ जना महिला कैदीसहित ३ सय १५ जना कैदी–बन्दी रहेको कारागारका निमित जेलर सत्यनारायण यादवले जानकारी दिएका छन् ।
जेलर यादवका अनुसार ‘ए ब्लक’ मा १ सय ९६ जना र ‘बि ब्लक’ मा १०७ जना पुरुष तथा सी ब्लकमा १८ जना महिला कैदीबन्दी राखिएको छ ।
राजविराज कारागारमा ठाउँ अभावका कारण कैदी–बन्दीलाई कोचेर राख्नुपरेको कारण गर्मी महिनाको समयमा धेरै समस्या हुने गरेको छ ।
दुई सय ९७ पुरुष र १८ महिला गरी कुल ३ सय १५ जनाको क्षमता रहेको कारागारमा क्षमता भन्दा बढी कैदी–बन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने बाध्यता रहेको उनको भनाई छ ।
बि.स. २००८ सालमा निर्माण गरीएको राजविराज कारागार साँघुरो र जीर्ण रहेका कारण पनि कैदी–बन्दीलाई समस्या हुने गरेको कारागार प्रशासनले जनाएको छ ।
माटो र ढुंगाको पर्खाल रहेको जीर्ण भवनको मर्मत हुन नसक्दा भत्कन सक्ने खतरा समेत रहेको जेलर यादवको भनाई छ ।
कारागारको नाममा रहेको ५ बिगाहा भन्दा बढी जग्गामध्ये पूर्व र उत्तरतर्फबाट करिब ३ कठ्ठा जग्गा अतिक्रमणमा परेको कारागारका जेलर यादवको दावी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ