News Category 2075/09/17
एसएमजि र स्वतन्त्र तराई निर्माण सेना लेखिएको पर्चासहित चौधरी पक्राउ
दैनिक समाचारदाता
सिरहा, १७ पुस ।
सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीको संयुक्त टोलीले एसएमजिसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुर, संघिय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले हतियारसहित सिरहाको धनगढीमाई नगरपालिका ११ छपराडी निवासी ४६ वर्षिय चतुर नारायण चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले गोलबजार नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको स. ५ प ३७४१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा एसएमजि एक थान र सोमा लाग्ने दुई थान म्याग्जिन र पाँच राउण्ड गोली बरामद गरेको जनाएको छ ।
यस्तै प्रहरीले स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय ब्युरो लेखिएको पर्चा दुई थान पर्चा समेत फेला पारेको जनाएको छ । हतियारसहित पक्राउ परेका चौधरीमाथी हातहतियार खरखजाना ऐन अन्तर्गत अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।
यता चौधरी तत्कालीन माओवादीका लडाकु भएको खुलेको छ । माओवादी छाडेपछि चतुर केही समय तराईको भूमिगत गोइत समूहसँग आवद्ध रहेपनि पछिल्लो समय स्वतन्त्र तराई निर्माण सेना समूहमा आवद्ध रहेको खुलेको प्रदेश दुई प्रहरी कार्यालयका डीआईजी हरि पालले जानकारी दिए ।
चौधरीलगायतको समूहले हतियार देखाएर तर्साउने, चन्दा आतंक मच्चाउने लगायतका गतिविधि गरेको सूचना पाएपछि खोजी कार्य तिव्र पारेका प्रदेश प्रहरी प्रमुख पालले जानकारी दिए । उनको साथबाट बरामद भएको हतियार नेपालमा नेपाली सेनाले प्रयोग गर्दै आएको छ । तर, चौधरीबाट बरामद भएको हतियार भारतबाट भित्रिएको हुनसक्ने अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ