News Category 2075/09/17
एसएमजि र स्वतन्त्र तराई निर्माण सेना लेखिएको पर्चासहित चौधरी पक्राउ
दैनिक समाचारदाता
सिरहा, १७ पुस ।
सिरहाको गोलबजार नगरपालिकाबाट प्रहरीको संयुक्त टोलीले एसएमजिसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ जनकपुर, संघिय प्रहरी इकाई कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले हतियारसहित सिरहाको धनगढीमाई नगरपालिका ११ छपराडी निवासी ४६ वर्षिय चतुर नारायण चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले गोलबजार नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउदै गरेको स. ५ प ३७४१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा एसएमजि एक थान र सोमा लाग्ने दुई थान म्याग्जिन र पाँच राउण्ड गोली बरामद गरेको जनाएको छ ।
यस्तै प्रहरीले स्वतन्त्र तराई निर्माण सेना केन्द्रिय ब्युरो लेखिएको पर्चा दुई थान पर्चा समेत फेला पारेको जनाएको छ । हतियारसहित पक्राउ परेका चौधरीमाथी हातहतियार खरखजाना ऐन अन्तर्गत अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरीले जनाएको छ ।
यता चौधरी तत्कालीन माओवादीका लडाकु भएको खुलेको छ । माओवादी छाडेपछि चतुर केही समय तराईको भूमिगत गोइत समूहसँग आवद्ध रहेपनि पछिल्लो समय स्वतन्त्र तराई निर्माण सेना समूहमा आवद्ध रहेको खुलेको प्रदेश दुई प्रहरी कार्यालयका डीआईजी हरि पालले जानकारी दिए ।
चौधरीलगायतको समूहले हतियार देखाएर तर्साउने, चन्दा आतंक मच्चाउने लगायतका गतिविधि गरेको सूचना पाएपछि खोजी कार्य तिव्र पारेका प्रदेश प्रहरी प्रमुख पालले जानकारी दिए । उनको साथबाट बरामद भएको हतियार नेपालमा नेपाली सेनाले प्रयोग गर्दै आएको छ । तर, चौधरीबाट बरामद भएको हतियार भारतबाट भित्रिएको हुनसक्ने अनुमान छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ