News Category 2075/09/18

सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली

दैनिक समाचारदाता

सप्तरीमा अझ ४३ प्रतिशत विद्युत चुहावट, चुहावट नियन्त्रणबाट ६० लाख राजस्व असुली

दैनिक समाचारदाता
राजविराज, १८ पुस । 
    नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र राजबिराजका प्रमुख चन्द्रनारायण साहले सप्तरीमा अहिले पनि ४३ प्रतिशत विद्युत चुहावट रहेको बताएका छन् ।
    सप्तरीमा गत बर्ष ५० प्रतिशत चुहावट रहेकोमा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको उनको भनाई छ ।
    चालु आबमा ३६ प्रतिशतमा विद्युत चुहावट झार्ने लक्ष्य रहेकोले यसका लागि चुहावट नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिने उनले बताए ।
    जिल्लाको बिजुली बत्तिलाई नियमित र ब्यबस्थित गर्नेतर्फ विद्युत प्राधिकरणका साथ साथै स्थानिय निकायले प्रयास गरे जिल्लामा जनताले नियमित बिजुली सेवा पाउने उनको दाबी छ ।
    स्थानिय तह अन्तर्गत वडाहरूमा हुने हुकिङलाई वडा अध्यक्षले अनुगमन गरि कार्यवाही गरेमा चुहावटलाई नियन्त्रण गर्ने सकिने उनको भनाई छ । स्थानिय निकाय ऐनले पनि स्थानिय तहलाई बिजुली चुहावट नियन्त्रण गर्ने अधिकार समेत रहेकोले सो बमोजिम बिजुली चुहावट गर्नेलाई कार्यवाही गर्न सकिने बताए ।
    प्रमुख साहले भने, “अहिले हामी सँग १० हजार मिटर रहेको छ, जस मध्ये ८ हजार मिटर बितरण भईसकेको र थप २ हजार मिटर चाडै ल्याउने छौं ।”
    यसैबीच सप्तरीमा यस बर्ष चुहावट नियन्यत्रण गर्ने क्रममा राजबिराज, रूपनी, कल्याणपुर, हनुमाननगर, कंचनपुर, लगायत अन्य ७५ मिटरमा कारवाही गरिएको छ । मिटर कारवाहीमा १३ लाख ४० हजार १ सय ४४ रूपैया ६० पैसा असुली भएको उनले जानकारी दिए ।
    यस्तै हुकिंङ नियन्त्रण अभियान अन्तर्गत ४ सय जनालाई कार्यवाही गरी ५० लाख ६० हजार १ सय ५० रूपैया असुल गरी ६४ लाख २ सय ९४ रूपैया ६० पैसा बिद्युत चुहावटबाट रकम असुली गरेको प्रमुख साहले बताए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट