News Category 2075/09/18
सहकारी ऐनले किसानहरुको आर्थिकस्तर समृद्ध हुने विश्वास ः मन्त्री साह
दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सरकारले ल्याउन लागेको सहकारी ऐनले किसानहरुको आर्थिक स्तर समृद्ध हुने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला सहकारी संघ सप्तरीको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दे मन्त्री साहले प्रदेशको आर्थिक अवस्था बलियो बनाउन सो ऐन ल्याउन लागेको उल्लेख गरे । उनले सहकारीकै माध्यमबाट मुलुकको सामाजिक तथा आर्थिक क्षेत्रको विकास हुने दाबी समेत गरे । प्रदेश २ कृषिमै आधारित रहेको हुँदा प्रदेश सरकारले कृषकहरुलाई मध्यनजर गर्दै सो ऐन ल्याउन लागेको बताए ।
मन्त्री साहले हालसम्मको केन्द्रिय सरकारले किसानहरुलाई दिँदै आएको अनुदानले उत्पादनमा खासै परिवर्तन आउन नसकेकोले अब प्रदेश सरकारले कृषी उत्पादनमा परिवर्तनको लागि परम्परागत प्रविधिलाई तोड्दै नयाँ प्रविधि अनुसार काम गर्ने जनाए ।
उनले सप्तरीमा स्वास्थ्य मन्त्रीले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागेको र संघीय सरकारको ४ करोड र प्रदेश सरकारको ६ करोड गरी १० करोड लागतमा नर्सिङ कलेज तथा कृषि क्षेत्रमा विभिन्न कामहरु अगाडी बढाएकोले सप्तरी अब विकासमा फड्को मार्ने दाबी समेत गरे । त्यस्तै ३१ करोडको लागतमा जिल्ला सहकारी संघले निर्माण गर्न लागेको सहकारी शीत भण्डारमा अपुग हुने रकम पनि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।
सहकारी संघका अध्यक्ष विनोद कुमार दत्तको अध्यक्षतमा आयोजित सभामा बरिष्ठ पत्रकार वैद्यनाथ झा, त्रियुगा सहकारी संस्थाका अध्यक्ष शम्भु खड्का, प्रदेश स्तरीय माटो तथा मल परिक्षण कार्यालयका प्रमुख सुनिल कुमार सिंहलगायतकाले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संघका सदस्य सनतकुमार मण्डलले संचालन गरेका थिए ।
यता उद्घाटन कार्यक्रम अघि नै सम्पन्न बन्द सत्रले अध्यक्षमा पुनः विनोद कुमार दत्तलाई नै निरन्तरता दिएको छ । त्यस्तै कार्य समिति, लेखा समिति र सञ्चालक समिति चयन गर्ने जिम्मेबारी नव निर्वाचित अध्यक्षलाई दिइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ