News Category 2075/09/21

मदिरा नियन्त्रणको कानुन स्थानिय तहले  पनि बनाउनु पर्छ ः प्रजिअ पौडेल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २१ पुस । 
    सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मदिरा नियन्त्रण गर्न स्थानिय तहले कानून वनाएर लागु गर्नु पर्ने बताएका छन् । 
    सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय कञ्चनपुरले बुधवार सप्तरीको महुलीमा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा प्रजिअ पौडेलले सो कुरा वताएका हुन् । 
    समाजमा वढ्दै गइरहेको अपराधिकरणको मुख्य जडको रुपमा रहेको मदिरा उत्पादन, विक्रि वितरण तथा सेवनको नियन्त्रण गर्न स्थानिय तहवाट नै अभियान थाल्नु पर्नेमा जोड दिए । उनले स्थानिय तहहरु अव संविधान बमोजिम स्थानिय सरकार नै भएकोले यसले कानून वनाएर कडाईकासाथ कार्वाहीका कामहरु अगाडी वढाउनु पर्ने आवश्यकता औंल्याए । 
    संविधानले दिएको राजनैतिक अधिकारको उपयोग गरी अव समृद्धि र विकासमा लाग्न आवहन गर्दै पौडेलले भने, “स्थानिय तह र प्रदेशको सहयोग तथा साझेदारीमा नै राज्यको मिसन पुरा हुने हुँदा सम्बन्धित पक्ष तथा आम नागरिकले यो कुरा बुझ्नु पर्ने हन्छ ।”
    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ पौडेलले दैविय विपत्तिहरु चक्रिय रुपले आइरहने हुँदा यसको सामना गर्न राज्यका सवै अंगहरुको सक्रिय सहभागिता अपरिहार्य हुने उनको भनार्ई छ ।
    एक फरक प्रसंगमा उनले महुली ईलाका प्रहरी कार्यालयको स्तर उन्नतीकोलागि जिल्लाबाट निर्णय भएको हुँदा माथिसम्मकोलागि पहल गर्न राजनैतिक दलहरु सक्रिय हुनु पर्ने बताए । 
    कार्यक्रममा जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले डण्डहीनताको अन्त्य गर्न नागरिकले प्रहरीसंगको सहकार्यमा वृद्धि गर्नु पर्ने वताए । अपराधीहरुको विविध रुप हुने र उनीहरु समाजमा नै लुकेर वस्ने हँुदा समुदायको सहयोग विना उनीहरुलाई समात्न र कार्वाही गर्न गाह्रो भएको विवसता सुनाए ।
    उनले भने, “समाजमा अमनचैन कायम गर्न जनताले अपराध एवं गैरकानूनी कार्यको सही सुचना दिएर प्रहरीलाई सहयोग गर्नु पर्दछ ।” 
    अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरीले समाजमा शान्ति सुरक्षा कायम राख्न तथा कानूनको परिपालना गराउने कार्यमा प्रहरी तगायत प्रशासनिक निकायहरुवाट सञ्चालन हुने जुनसुकै अभियानहरुमा स्थानिय तहवाट हुनुक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । 
    त्यसैगरी सोही गाउँपालिकाकी उपाध्यक्ष मिना चौधरीले आफुहरु महिला हिंसा नियन्त्रण तथा सामाजिक न्यायको पक्षमा काम गर्न अग्रसर रहेको हुँदा सवैको सहयोगको अपेक्षा गरेको वताइन् । 
    गाउँ पालिकाका अध्यक्ष पर्शुराम चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा वार्ड नं. ६ की अध्यक्ष कुसुम आचार्य, वार्ड नं. ४ का अध्यक्ष तेज नारायण यादव, वार्ड नं. ६ की महिला सदस्य शुसिला पंथी, वकधुवा गाविसका पूर्व अध्यक्ष मोतिलाल चौधरी, हरिहरपुर गाविसका पूर्व अध्यक्ष वद्री नारायण चौधरी, स्थानिय समाजसेवीहरु दुर्गानन्द चौधरी, महेश्वर प्र. कोइराला,दुर्गा प्र. भट्टराई, दिब्यराज सुवेदी, प्रकाश मेहता, अर्जुन कोइराला, नैनादेवी मण्डर, सरोज रानामगर, उमेश कुमार साह, सुरेश परियार, प्रदिप आचार्य, चण्डेश्वर यादव, भुवन आचार्य, वेचन मण्डल लगायतले प्रहरीको क्रियाकलाप, दैविय प्रकोप, जंगली जनावरको आतंक लगायत समसामयिक विषयमा जिज्ञासा राखेका थिए । 

प्रतिकृया दिनुहोस