News Category 2075/09/21
गाँजा खेती फडानसँगै सचेतना गराउँदै प्रहरी, अभियान अन्तर्गत १५ हजार बढीको गाँजा बोट नष्ट
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुमा अवैध रुपमा रोपिएका गाँजाका बोटहरु फडान गर्दै नष्ट गर्दै आएको छ । प्रहरीले गाँजाका बोटहरु फडान गर्न अभियान नै चलाएको छ ।
यसैबीच प्रहरीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न वडामा शनिबार अवैध रुपमा लगाईएको गाँजा खेती फडान गरेको छ ।
गाजा खेती भईरहेको जिल्लाको विभन्न स्थानमा विगत २ महिनादेखि अभियान नै थालेको प्रहरीले सो गाउँपालिकाको वडा १ र २ स्थित तिलाठी र लौनिया गाउँमा लगाईएको करिब ५ सय गाँजको बोट फडानी गरेको हो ।
गाँजा खेती भई रहेको सूचना र सम्भावित स्थानहरुको खोजी गर्ने क्रममा पत्ता लागेपछि प्रहरी उपरिक्षक राजेन्द्र विष्टको निर्देशनमा प्रहरी टोलीले गाँजा खेती नष्ट गरेको छ ।
सिमाबर्ती भारतीय बजारमा महँगो मुल्यमा बिक्री हुने, आम्दानी पनि मनग्गे हुने र खेती गर्न पनि कम झन्झटिलो हुने भएकाले लुकिछिपी भएपनि प्रतिबन्धित नसालु पदार्थ गाँजा खेती गर्न अकर्षित भएको यस खेतीमा संलग्न कृषकहरु बताउछन ।
श्रोतका अनुसार कृषकले उत्पादन गरेको गाँजा हाल भारतीय बजारमा प्रति केजी १४ हजार रुपैयामा बिक्री हुने गरेको छ । उत्पादित गाँजा अरु कृषि उपज जस्तो विक्रीका लागी समस्या र झन्झटिलो नहुने बिक्रेताको अनुभव छ ।
यता गाँजाको कारोबार गर्न पल्किएका कारोबारीहरुले सर्वसाधारण किसानहरुलाई बहकाई हतपत नदेखिने स्थानहरुमा यसको खेती गर्न उक्साउने गरेको पाईएको प्रहरीको भनाई छ ।
सुख्खा र कम सिचाई सुविधा भएको जग्गामा समेत गाँजा खेती गर्न सकिने भएकाले प्रहरीले बर्षेनी फँडानी गरेपनि लुकाई छिपाई खेती गर्नेको संख्या सोचे अनुसार घटन नसकेको स्थानिय बुद्घिजिवीहरुको भनाई छ ।
यसका अतिरिक्त गाँजा खेती नष्ट गर्ने अभियान सँगै गाँजाले स्वास्थ्य र सामाजमा पार्ने नाकारात्मक असर बारे सचेतना अभियान पनि थालिएको छ ।
यसका लागी प्रहरी हवल्दार मदन श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मीको एक टोली गाँजा खेती भईरहेका क्षेत्रहरुमा पुगी यसबाट हुने हानी नोक्सानी बारे जानकारी गराउँदै यसबाट टाढै रहन सर्वसाधारणलाई सचेत पनि गराउने गरेका छन् ।
प्रहरीले अभियान अन्तर्गत पहिलो चरणमा लुकिछिपी गरिएको गाँजा खेतीको पहिचान गर्न गोप्य खोजिदल समेत खटाएको छ । यस्तै दोस्रो चरणमा त्यसरी खटाईएको खोजी दलले पहिचान गरेको गाँजा खेती नष्ट गर्न प्रहरी परिचालन गर्ने गरिएको छ ।
सोही अभियान अन्तर्गत गत २ महिनाको अवधिमा प्रहरीले जिल्लाको रुपनी, कृष्णा शवरण र तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी र राजविराज नगरपालिका लगायतका विभिन्न स्थानमा गरी १५ हजार भन्दा बढी गाँजाको बोट नष्ट गरि सकिएको डिएसपी भावेश रिमाले जानकारी दिए ।
यस्तै जिल्लाका विभिन्न नाका हुदै भारत तर्फ तस्कर गर्ने गिरोह र व्यक्ति उपर पनि विशेष निगरानी राख्न थालिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ