News Category 2075/09/22

ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम 

दैनिक समाचारदाता

ह्यापिल्याण्डद्वारा ३९ आंै स्थापना दिवसमा विभिन्न कार्यक्रम 

दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
    राजविराजको पहिलो नीजि विद्यालय विद्यालय ह्यापिल्याण्ड सेकेन्ड्री स्कुलले आइतबार आप्mनो ३९ औ स्थापना दिवस विभिनन कार्यक्रम गरि मनाएको छ ।
    विद्यालय प्राङ्गणमै विद्यार्थीहरुबीच विभिन्न समूह बनाई आन्तरिक सांस्कृतिक, खेलकुद प्रतियोगिता गरी स्थापना दिवस मनाएको हो ।
    कार्यक्रममा बिदालयबाट २०७३ सालको एसईई परिक्षामा उत्कृष्ट छात्र दिपक यादब र छात्रा रिचा चौधरी तथा २०७४ मा उत्कृष्ट छात्र शिवकपुर साह र छात्रा सुप्रिया ठाकुरलाई नगद ५ हजार सहित मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरेको बिद्यालयका संस्थापक पुष्प सिटौलाले जानकारी दिएका छन् । त्यस्तै बिद्यालयका कक्षा ११ र कक्षा १२ को विद्यार्थीहरुबीच बक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरि उत्कृष्ट छात्रछात्रालाई पुरस्कार बितरण गरिएको छ । 
    बिद्यालयका संस्थापक अध्यक्ष पुष्प सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक सदस्य पुण्य लक्ष्मी सिटौला, बिद्यालयका प्रिन्सिपल बिजयानन्द झा, स्कुल क्याप्टेन पुष्पेन्द्र झा, सहायक प्रिन्सिपल नारायण बराल लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
    बि.स २०३६ साल स्थापना भएको बिद्यालयमा हाल प्ले ग्रुपसहित १ देखि कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको प्रिन्सिपल बिजयानन्द झाले जानकारी दिए । ४५ जना छात्रछात्रा तथा ५ जना शिक्षकबाट संचालनमा आएको बिद्यालयमा हाल १ हजार ५ सय छात्रछात्राहरू अध्यनरत रहेको प्रिन्सिपल झाले बताए ।

प्रतिकृया दिनुहोस