News Category 2075/09/24
राजगढ गापाद्वारा ३६ करोड बढीको अनुमानित आयब्यय सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको राजगढ गाउँपालिकाले मंगलबार गाउँपालिकास्तरिय योजना छनौट संकलन कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाका अध्यक्ष परमानन्द यादवको अध्यक्षतामा आयोजित योजना छनौट संकलन कार्यक्रममा चालु आ.ब. २०७५÷७६ का लागि अनुमानित आयव्यय समेत सार्वजनिक गरिएको छ ।
चालु आ.ब.मा कुल ३६ करोड ६३ लाख ४६ हजार अनुमानित आयब्यय प्रस्तुत गरिएको छ । जसमा ९५ लाख आन्तरिक राजश्वबाट आय हुने अनुमान गरिएको छ भने नेपाल सरकार राजश्व बाँडफाँडबाट ६ करोड २६ लाख ८७ हजार, नेपाल सरकारको वित्तिय समिकरण अनुदानबाट १० करोड १४ लाख, नेपाल सरकार सशर्त अनुदानबाट ७ करोड ६७ लाख, प्रदेश सरकार वित्तिय समिकरण अनुदानबाट २४ लाख ७३ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट ५० लाख, बेरुजी असुलीबाट २ लाख, गत वर्षको नगद मौजदातबाट ५ करोड ९५ लाख ४४ हजार, बहुक्षेत्रिय पोषण योजनाबाट १२ लाख ९८ हजार तथा तराई मधेश समृद्धि कार्यक्रमबाट ९० लाख ५९ हजार आय हुने अनुमान गरिएको गाउँपालिकाका कार्यकारी अधिकृत राजिव झाले जानकारी दिएका छन् ।
त्यस्तै अनुमानित व्ययमा चालु खर्चतर्फ २१ करोड १२ लाख ६२ हजार, पुँजीगत खर्चतर्फ ७ करोड ६८ लाख ५० हजार, न्यायिक समिति कार्यालय संचालन तर्फ ५० लाख, प्रति वडा ८० लाखको दरले, वडा सिलिङमा ४ करोड ८० लाख र गाउँपालिका स्तरिय बजेट सिलिङमा २ करोड ९७ लाख ३४ हजार व्यय हुने अनुमान गरिएको अधिकृत झाले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पुष्पमाला मण्डल, वडा नंं १ का अध्यक्ष नारायण यादव, २ का अध्यक्ष ललित सिंह, ३ का अध्यक्ष सिताराम यादव, ४ का अध्यक्ष हेम नारायण साह, ५ का अध्यक्ष लक्ष्मी ठाकुर, ६ का अध्यक्ष कमलदेव यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, स्थानिय लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम गाउँपालिकाका प्रशासन प्रमुख दिनेश यादवले संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ