News Category 2075/09/26
उपप्रम यादवद्वारा एन.आई.सियु भवनको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा ३१ करोडको लागतमा नयाँ पक्की एन.आई.सियु भवन निर्माण हुने भएको छ ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बिहीबार एक कार्यक्रमबीच सो भवनको शिलान्यास गरेका हुन् ।
उपप्रम यादवले अस्पतालमा एन.आई.सियु. सेवाको उद्घाटन पश्चात् राजविराज नगर क्षेत्रका विभिन्न सडकको शिलान्यास समेत गरे ।

शिलान्यास गर्दै उपप्रम यादवले अस्पताल व्यवस्थित भएपछि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बढाउने मात्रै नभई स्थानियस्तरमा आर्थिक गतिविधि समेत बढने विश्वास व्यक्त गरे ।
शहरी विकास मन्त्रालयको सहयोगमा ३१ करोड, ६ लाख, २० हजार १ सय ४७ (मुल्य अभिवृद्धि कर वाहेक) रुपैया लगानीमा अस्पतालको पुरानो संरचना भत्काई सुविधायुक्त नयाँ भवन बनाउन लागिएको अस्पालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
तीन तल्ले अस्पतालको नयाँ भवनमा विभिन्न वार्ड, विभाग र चिकित्सक वस्ने क्वाटर सहित कुल ६६ वटा कोठाहरु रहने छन् । भुकम्प प्रतिरोधी हुने नयाँ भवन १५ असाढ २०७८ भित्र निर्माण कार्य सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने तयारी रहेको सघन सहरी तथा भवन निर्माण आयोजना सप्तरीका प्रमुख रमेश थिङले जानकारी दिए ।
कार्यक्रममा सहरी विकास मन्त्री ईस्ताईक राईन, प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेल, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, स्वास्थ्य सचिव डा. पुष्पा चौधरी लगायतले आवश्यक पुर्वाधार निर्माण र सर्वसधारणलाई भरपर्दो सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बताए ।
यस्तै विहीवारै उपप्रम यादवले राजविराजमा प्रस्तावित रामराजा प्रसाद सिंह मेडिकल कलेज निर्माण स्थलको निरिक्षण समेत गरे । निरिक्षणकै क्रममा उनले रामराजा प्रसाद सिंह मेडिकल कलेजले स्थानिय क्षेत्रको मात्र नभई प्रदेश कै स्वास्थ्य क्षेत्रका लागि कोशे ढुंगा सावित हुने उल्लेख गरे ।
प्रस्तावित मेडिकल कलेजका लागि राजविराज नगरपालिकाले वडा १० मा करिव ८६ विगहा जग्गा यस अघि नै उपलब्ध गराउने निर्णय गरिसकेको छ । स्वास्थ्य क्षेत्रमा वर्षैैदेखी पछाडी परेको सप्तरी स्वास्थ्य क्षेत्रको विकासका कारण काचुली फेर्ने भएपछि जिल्लावासीमा खुशीको माहोल छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ