News Category 2075/09/27
आँखा उपचार केन्द्रमा आठ सय ९९ जनाको शल्यक्रिया
दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
आँखा उपचार केन्द्र राजविराजमा दैनिक आँखा जाँचका लागि बिरामी आउनेको संख्यमा बृद्धि भएको छ । अहिले दैनिक १ सय ५० देखि २ हजार सम्म आँखा जाँचको लागि बिरामी आउने गरेका छन् ।
राजविराज नगरपालिका ९ मलेठमा रहेको सगरमाथा चौधरी आँखा लहान उप–शखा अन्र्तगत रहेको आँखा उपचार केन्द्रमा सन् २०१८ सम्ममा ८ सय ९९ जनाको सल्यक्रिया गरेको अस्पतालका कार्यालय प्रमुख रामकुमार झाले जानकारी दिएका छन् ।
सन् २०१८ को जनवरीदेखि डिसेम्बर सम्ममा करिब ३० हजार ५ सय ६७ जनाले आँखा जाँच गराएको तथा त्यसमध्ये २ हजार ७५८ जनामा मोतिया बिन्दु फेला परेको उनले बताए ।
दुई चिकित्सकसहित ९ जना कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलक भारतबाट आँखा उपचारको लागि यहाँ बिरामीहरु आउने गरेको उनले बताए ।
आँखा अस्पतालमा दृष्टिदोस, नानीमा लाग्ने रोग मोतिया बिन्दु र अन्य भिटामीन ‘ए’ को कमी, अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको तथा हप्ताको एक दिन शुक्रबार शल्यक्रिया समेत हुने गरेको छ ।
गत बर्षको तुलनामा यस बर्ष पनि आँखा उपचारमा बिरामीको संख्यामा बृद्धि हनुको साथै आँखा शल्यक्रियाको बिरामी बढेपछि यस अस्पताललाई अतिःआवश्यक तत्काल सुबिधा सम्पन्न ५० बैड(शैया)को आवश्यता रहेकोले सरकारी निकाय, स्थानिय तह तथा सरोकारबालालाई कार्यालय प्रमुखसहित स्थानियले माग गरेका छन ।
गत बर्ष पनि सन् २०१७ मा २६ हजार ४९६ जना बिरामीको आँखा उपचार गरिएको थियो भने ७ सय १३ जना बिरामीको शल्यक्रिया गरिएको थियो । उपचार गरेको मध्ये २ हजार ६ सय ८० जनामा मोतिया बिन्द फेला परेको कार्यालय प्रमुख झाले जनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ