News Category 2075/09/28
सहकारीले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्छ ः सहकारी मन्त्री साह
राजविराज÷प्रदेश २ का भुमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीहरुले ऋण लगानी र बचत मात्र नगरेर उत्पादनशिल क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका छन् ।
जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राजबिराजको शनिबार १७ औ बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले सहकारीको माध्यमबाटै समाजको बिकास हुने भएकोले अब उत्पादनशिल क्षेत्रमा समेत लगानी गर्ने पर्ने आवश्यकता रहेको बताए ।

सहकारीले समाज परिवर्तनमा उल्लेख्यीय भूमिका खेलेकोले यसलाई बिस्तार गर्न अझ लगानी गर्नुपर्ने भन्दै मन्त्री साहले सरकारी, नीजि तथा सहकारी क्षेत्र मिलेर अगाडी बढ्नु पर्ने जिकिर गरे । उनले मुलुकको आर्थिक बिकासका साथ साथै सामाजिक विकास समेत सहकारीकै माध्यमबाट हुन सक्ने बताए ।
प्रदेशको समृद्विका लागी चाडै सहकारीहरूसँग समन्वय गरि सहकारी ऐन बन्ने बिश्वास ब्यक्त गर्दै मन्त्री साहले प्रदेशको समृद्विको लागि सहकारीमय बनाउने प्रतिबद्धता जनाए ।
सहकारी ऐन २०७४ मा केही ब्यवहारिक कठिनाई भएपनि प्रदेश ऐनमा बनाउदा सहकारीकर्मीहरूसँग छलफल गरि सहकारीको समृद्वि तथा सहकारीमय बनाउन सक्दो पहल गर्ने बताए ।
सो अवसरमा प्रदेश सासंद मनिष कुमार सुमनले जनमुखी सहकारी संस्थाले थोरै लगानीबाट करोडौको कारोबारतर्फ उन्मूख हुँदै गएकोले सानो पुँजी भएका ब्यापारीहरूका लागि संस्था फलदायक साबित भएकोमा प्रशंसा गरे ।
राजपा नेपालका महासचिव समेत रहेका सुमनले सहकारी आन्दोलनबाट नै समाजको परिवर्तन हुने भएकोले आर्थिक रूपमा समाज समृद्वि बनाउन सहकारीले ठूलो भुमिका खेलेको उल्लेख गरे ।
सो अवसरमा जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सचिन्द्र दासले आ.व ०७४÷०७५ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यको आर्थिक, सामाजिक तथा सांस्कृतिक हित अनुकुल बचत, श्रृण, रेमिटान्स, ब्यावसायिक कृषि उन्मुख तथा समाजिक सचेतनाका क्रियाकलापहरू संचालन गर्दै आएको बताए ।
सो सभामा संस्थाका अध्यक्ष सचिन्द्र दासले मन्त्री साह, सहकारी बैंकका नवनिर्वाचित संचालक समिति सदस्य विश्वनाथ मण्डललगायतलाई दोसल्ला ओढाएर तथा मायाको चिनो प्रदान गरेर सम्मानित गरेका थिए ।
आयोजित साधारण सभामा सहकारी बैंकका नवनिर्वाचित संचालक समिति सदस्य बिश्वनाथ मण्डल, जिल्ला सहकारी संघका अध्यक्ष बिनोद दत्त, सहकारी बैंक शाखा सप्तरीका प्रमुख बिष्णु पराजुली लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने स्वागत मन्तव्य शेयर सदस्य देब नारायण चौधरीले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ