News Category 2075/10/01
बिरेन्द्र बजार–राजविराज जोड्ने सडकको शिलान्यास
दैनिक समाचारदाता
राजबिराज, ३० पुस ।
भारतीय सीमा सम्म जोड्ने बैकल्पिक मार्ग निर्माण हुने भएको छ । सप्तरीको विकासमा प्रत्यक्ष प्रभाव पार्ने रुपनी गाउँपालिका ६ स्थित विरेन्द्र बजार, तेरहौता–राजविराज हुदै फैकरा र भारतीय सीमावर्ती क्षेत्रसम्म सडक मार्ग निर्माण हुने भएको हो ।
नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव तथा प्रदेश सभा सदस्य मो. समिमले संयुक्त रुपमा उक्त सडक निर्माणको सोमबार शिलान्यास गरेका छन् ।
उक्त सडक निर्माणका लागि बज्रगुरु–विकास जे.भी. लहानले जिम्मा लिएको छ । २०७७ साल मंसिर ३० गते भित्र नाला र सडक निर्माण सम्पन्न हुने गरी लिइएको कार्यको लागत ११ करोड ३२ लाख ५० हजार (मुल्य अभिवृद्घि कर सहित) रहेको छ ।
पहिलो चरणमा ८५ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माण कार्य गर्ने ठेक्का पाएको निर्माण कम्पनीका प्रोपराईटर मनटुुन साहले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहयोगमा डिभिजन सडक कार्यालय लहानको रेखदेखमा सो सडक निर्माणको कार्य थालिएको प्रोपराईटर साहले जानकारी दिए ।
सडक निर्माण भएपछि सदरमुकाम राजविराजबाट १० कि.मि. टाढा रहेको राजमार्गसँगको दुरी घटेर ६ कि.मि.मा पुग्ने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ