News Category 2075/10/02
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, २ माघ ।
२१ औ भुकम्प सुरक्षा दिवसको अवसरमा बुधबार राजविराजमा प्रभातफेरी तथा विचार गोष्ठीको आयोजना गरि मनाएको छ ।
बिपद् ब्यबस्थापन समिति, शहरी बिकास भवन निर्माण डिभिजन तथा केभिएसको संयोजनमा प्रभावतफेरी गर्दै गोष्ठीको आयोजना गरि भुकम्प दिवस मनाएको हो ।
प्रभातफेरी पश्चात् आयोजित विचार गोष्ठीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेनद्र पौडेलले भुकम्प नियमित प्रकिया भएकोले निर्माण गरिएको संरचना कमजोर हुँदै गएकोले त्यसका लागि जनचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन ।
सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिपद्वाट सुरक्षित हुन तीनै तहका सरकार जिम्मेवारीका साथ अगाडी बढनुपर्ने बताउदै भुकम्पवाट क्षतिहुन नदिनका लागी भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड दिए ।

भुकम्पवाट जोगिन तथा भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने भएकोले यसबाट भुकम्पको बेला जनधनको कम क्षतिहुन नदिन जनचेतना समेत फैलाउनुपर्नेमा उनले जोड दिए ।
२०७२ सालमा भएको भुकम्पमा ८ लाख भवन बढी घरक्षति भएको, ८ हजार भन्दा बढीको ज्यान गएको र हजारोै मानिस घरवार बिहिन भएकाले अबका दिनमा भुकम्पवाट जोगिन राष्ट्रिय भवन निर्माण संहिता लागू अनुसार घरबनाउनुपर्नेमा उनले जोड दिए ।
यसैगरी कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले थप जोखिन हुननदिन तथा बिधमान जोखिमलाई घटाउने, पुर्व तयारी गर्न, आईहाले भने कमजोर भवन पुरानो भवनलाई प्रवलीकरण गर्दै जानुपर्ने बताए ।
थप क्षति थप जोखिम हुन नदि भुकम्प प्रतिरोधात्मक घर बनाउन जिम्मा शहरी बिकास तथा भवन डिभिजन आयोजना प्रमुख रमेश थिंग ले बताएका छन ।
सो अवसरमा शहरी बिकास तथा भवन डिभिजनका ईन्जिनियर रोशनकुमार झाले भुकम्पको वारेमा प्रस्तुती गरेका थिए ।
सो गोष्ठीमा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, सहसचिव चन्दनकुमार यादब, जिससका कमलेश्वर बिराजी, राजबिराज नगरपालिका बिपद शाखाका प्रमुख उमेश यादब, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, भिम दल गणपति गुप्त बहादुर कुवर लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ