News Category 2075/10/02
बिद्युतको अनुभूती नपाएका बलानबिहुलका जनताले बल्ल बिजुली बाल्न पाए
नवीनकुमार गुप्ता
राजविराज, २ माघ ।
यातायातको कठिनाई, बिजुली बत्तिको अभाव तथा अन्य सुविधाबाट बञ्चित सप्तरीको अत्यन्त पछाडी परेको बलान बिहुल गाउँपालिका अहिले बिस्तारै उभो तर्फ लाग्दैछ ।
जिल्लाको १८ वटा स्थानिय तह मध्ये सबै भन्दा कान्छो गाउँपालिकाको रुपमा परिचित बलान बिहुलमा गत आ.ब.मा सडक बिस्तारको काम सम्पन्न भइसकेपछि अहिले सम्पूर्ण वडामा बिजुली बिस्तार गर्ने काम द्रुत गतिमा भइरहेको छ ।
मुलुकमा स्थानिय तहको विभाजन भइसकेपछि मधेश केन्द्रित दलहरुले जनसंख्याको आधारमा मधेशमा थप स्थानिय तह थप्नु पर्ने भन्दै आन्दोलन गरेपश्चात् सरकारले दोश्रो चरणमा थपेका स्थानिय तहमा यस बलान बिहुल गाउँपालिका साविकको बोदेबरसाईन नगरपालिकाबाट ६ वटा वडा छुट्इएर बनेको स्थानिय तह हो ।
सो गाउँपालिकाका स्थानियहरुले अहिलेसम्म बिद्युतको अनुभुती गर्न नपाएको अवस्था अहिले जनप्रतिनिधिको रोहबरमा सो कामलाई सूचारु गरिएको छ । यसैबीच गाउँपालिकाको वडा नं. ३ लाई बुधबार पूर्ण बिजुली युक्त वडा घोषणा गरिएको छ ।
सो गाउँपालिका वडा नं. ३ टिकुलियालाई बुधबार विधिवत रुपमा पूर्ण बिजुली युक्त वडा घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिएका छन् ।
यसअघि केही दिनअगाडी मात्र गाउँपालिकाको वडा नं. १ को सम्पूर्ण घरमा बिजुली जडान भइसकेपछि बुधबार वडा नं. ३ का सम्पूर्ण घरमा बिजुली जडान गर्ने काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष गोइतले बताए ।
यस्तै गाउँपालिकाको वडा नं. ४ मा आउँदो तीन चार दिनमै बिजुली जडान गर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । त्यस्तै वडा नं. २ का ७० प्रतिशत घरमा बिजुली बलिरहेको जानकारी दिँदै अध्यक्ष गोइतले सो वडामा १० वटा बिजुलीका पोलहरु जडान गर्न केही आन्तरिक कलह रहेको तथा सो कलह हट्ने बित्तिकै बाँकी ३० प्रतिशत घरमा पनि बिजुली बल्ने बताए ।
त्यस्तै वडा नं. ५ र ६ मा गाउँपालिकाले पोल र बिद्युत तार लगाउने कार्य सम्पन्न गरेपनि सो वडाहरुमा एडिबि प्रोजेक्ट चलिरहेको तथा ११ हजार भोल्टको तार नआएको कारणले गर्दा बिजुली बल्न नसकेको बताए । उनले एडिबीले ११ हजार भोल्टको तार लगाउने बित्तिकै दुबै वडामा बिजुली बल्ने उल्लेख गरे ।
गाउँपालिकाले गत आ.ब.मा गाउँपालिकाको ६ वटै वडामा बिजुलीकरणका लागि ३ करोड २१ रकम छुट्याएको अध्यक्ष गोइतले जानकारी दिए । सोही अनुसार अहिले गाउँपालिका भरि बिजुलीकरण बिस्तार गर्ने काम दु्रत गतिमा भइरहेको उनले बताए । यसअघि गाउँपालिकाले सम्पूर्ण वडामा बाटो निर्माण गर्ने काम समेत गरेको छ । गाउँपालिकाको अधिकांश बाटोहरु ढलान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ