News Category 2075/10/04
चेकजाँच गर्न खोज्दा प्रहरीमाथी गोली प्रहार, प्रतिरक्षामा प्रहरीद्वारा फायर
दैनिक समाचारदाता
सिरहा, ४ माघ ।
भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको एक व्यक्तिलाई प्रहरीले चेकजाँच गर्न रोक्न खोज्दा प्रहरीमाथी गोली प्रहार भएको छ ।
हतियार भित्रिरहेको विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा स ६ प ६१४० नम्बरको मोटरसाईकलमा सवार सिरहा नगरपालिका ९ निवासी २९ वर्षिय प्रमोद यादवले प्रहरीमाथी नै गोली चलाएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रदेश प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा २१ स्थितमा सडकखण्डमा मोटरसाइकल रोक्न खोज्दा यादवले कटुवा पेस्तोलले प्रहरीमाथी गोली प्रहार गरेपछि प्रहरीले प्रतिरक्षाका लागि फायर गर्दा यादवको दाहिने कुहिनामा गोली घाईते भएका छन् ।
घाईते यादवलाई तत्काल उपचारको लागि जिल्ला सरकारी अस्पतालमा लगी उपचार पश्चात् जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको प्रहरीले जनाएको छ । यता प्रहरीले यादवको साथबाट एक थान कटुवा पेस्तोल र मोटरसाईकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ