News Category 2075/10/04
प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव
दैनिक समाचारदाता
जनकपुर, ४ माघ ।
प्रदेश २ को राजधानी जनकपुरधाम र नाम मधेश वा मध्य मधेश राख्न सुझाव दिएइको छ ।
प्रदेश २ सरकारले स्थायी राजधानी र नामकरणको विवाद टुंग्याउन नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको नेतृत्वमा गठन गरेको सुझाव संकलन आयोगको कार्यक्रममा प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ र नाम ’मधेश’ हुनुपर्ने सुझाव दिइएको हो ।
प्रदेश २ को नामकरण र स्थायी राजधानी तोक्ने विवाद यतिखेर चरमोत्कर्षमा रहेको बेला आयोगले शुक्रबार गरेको सुझाव संकलन कार्यक्रममा अधिकांस वक्ताहरूले विभिन्न आन्दोलनहरूको परिवर्तनलाई संस्थागत गर्न मधेश नाम राख्नुपर्ने सुझाव दिएका छन् ।
उनीहरूले पहिलो, दोश्रो तथा तेश्रो मधेश आन्दोलनको भावनाविपरीत तथा आन्दोलनका शहीदहरूको मर्म र भावनालाई समेट्नसमेत मधेश नाम राखिनुपर्नेमा जोड समेत दिए ।
प्रदेशको राजधानी तथा नामका सम्बन्धमा सुझाव तथा संकलन कार्यक्रममा नेकपाका सांसद रामचन्द्र मण्डलले सुझाव संकलन आयोगको नाममा प्रदेश सरकारले फजूल खर्चमा फसेको आरोप लगाए । उनले प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको नामकरण, भाषा तथा राजधानी टुंग्याउनुपर्नेमा नामकरण तथा राजधानीलाई ल्याएर भाषालाई गौण गर्न लागेको आरोप लगाए ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालका प्रमुख सचेतक परमेश्वर साहले मधेश आन्दोलनको भावनाअनुसार प्रदेशको नाम मधेश राखिनुपर्नेमा जोड दिए । उनले मधेश आन्दोलनको नाममा पटकपटक पहिचानको आन्दोलन भएकोले परिवर्तनलाई संस्थागत गर्नसमेत मधेश नाम र राजधानी जनकपुरधाम राखिनुपर्ने बताए ।
यता जनकपुरधाम उप–महानगरपालिकाकी उपमेयर रिता झा मिश्रले जनताले आफ्नो मत दिएर प्रदेशसभालाई प्रदेशको नामकरण, भाषा र राजधानी टुंग्याउन मत दिएकोले प्रदेशसभामा यो विषयमा छलफल हुनुपर्ने बताउँदै स्पष्ट रूपमा नामकरण बारे केही बोल्न चाहेनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ