News Category 2070/10/10
३० लाख बराबरको गा“जा खेती फडान
दैनिक संवाददाता
राजविराज, ९ माघ ।
इलाका प्रहरी कार्यालय रुपनीले ठूलो मात्रामा गाँजा खेती फडान गरेको छ ।
इलाका प्रहरी कार्यालय रुपनीका सई सुरेन्द्र खेडवारको नेतृत्वमा गएको टोलीले करिब ३० लाख बराबरको गाँजा खेती फडान गरेको हो ।
सप्तरीको शम्भुनाथ, रायपुर र तेरहौता गाविसबाट स्थानीयहरुले घरमै रोपेको गाँजाको बोटहरुलाई फडान गरि तीन वटा ट्रयाक्टरमा लोड गरि प्रहरी कार्यालय ल्याइएको छ ।
शम्भुनाथ ३ स्थित मुसहरबस्तीका एकजना स्थानीयवासीले १५ देखी २० वटा गाँजाको बोट रोपेको अवस्थामा ती बोटहरुलाई उखालेर इलाका प्रहरी कार्यालय रुपनीमा ल्याइएको सई खेडवारले जानकारी दिनुभयो ।
त्यस्तै रायपुर गाविस वडा नं. ६, ७, ८ र ९ तथा तेरहौता गाविस वडा नं. ३, ६ र ७ का स्थानीयहरुले घरमै गाँजाको खेती गरिरहेको पाइएकोले त्यस्ता बोटहरुलाई काटी संकलन गरेर प्रहरी कार्यालय ल्याइएको छ ।
बालबालिकाहरुले चुरोटमा गाँजा हालेर प्रयोग गरिरहेको स्थानीयहरुको व्यापक गुनासो आएपछि प्रहरीले सुराकीको आधारमा तीन वटा गाविसको छुट्टाछुट्टै स्थानबाट उक्त मात्रामा गाँजाको बोट नष्ट गरेको सई खेडवारको भनाई छ ।
तीन वटा गाविसबाट फडान गरि ल्याइएको गाँजालाई चाँडै नै प्रहरी कार्यालयमै नष्ट गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ