News Category 2070/10/10
३० लाख बराबरको गा“जा खेती फडान
दैनिक संवाददाता
राजविराज, ९ माघ ।
इलाका प्रहरी कार्यालय रुपनीले ठूलो मात्रामा गाँजा खेती फडान गरेको छ ।
इलाका प्रहरी कार्यालय रुपनीका सई सुरेन्द्र खेडवारको नेतृत्वमा गएको टोलीले करिब ३० लाख बराबरको गाँजा खेती फडान गरेको हो ।
सप्तरीको शम्भुनाथ, रायपुर र तेरहौता गाविसबाट स्थानीयहरुले घरमै रोपेको गाँजाको बोटहरुलाई फडान गरि तीन वटा ट्रयाक्टरमा लोड गरि प्रहरी कार्यालय ल्याइएको छ ।
शम्भुनाथ ३ स्थित मुसहरबस्तीका एकजना स्थानीयवासीले १५ देखी २० वटा गाँजाको बोट रोपेको अवस्थामा ती बोटहरुलाई उखालेर इलाका प्रहरी कार्यालय रुपनीमा ल्याइएको सई खेडवारले जानकारी दिनुभयो ।
त्यस्तै रायपुर गाविस वडा नं. ६, ७, ८ र ९ तथा तेरहौता गाविस वडा नं. ३, ६ र ७ का स्थानीयहरुले घरमै गाँजाको खेती गरिरहेको पाइएकोले त्यस्ता बोटहरुलाई काटी संकलन गरेर प्रहरी कार्यालय ल्याइएको छ ।
बालबालिकाहरुले चुरोटमा गाँजा हालेर प्रयोग गरिरहेको स्थानीयहरुको व्यापक गुनासो आएपछि प्रहरीले सुराकीको आधारमा तीन वटा गाविसको छुट्टाछुट्टै स्थानबाट उक्त मात्रामा गाँजाको बोट नष्ट गरेको सई खेडवारको भनाई छ ।
तीन वटा गाविसबाट फडान गरि ल्याइएको गाँजालाई चाँडै नै प्रहरी कार्यालयमै नष्ट गरिने उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ