News Category 2075/10/08
महादेवा गाउँपालिकाको बजेट २८ करोड ४७ लाख ८७ हजार
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीको महादेवा गाउँपालिकाको आइतबार सम्पन्न दोस्रो गाउँ सभाले २८ करोड ४७ लाख ८७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवको अध्यक्षतामा आयोजित दोस्रो गाउँ सभामा उपाध्यक्ष ममताकुमारी यादवले चालु आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सम्पन्न गाउँ सभाले बाल विवाह तथा बाल श्रमविरुद्ध शुन्य सहनशिलता नीति अपनाई त्यस्ता कार्यलाई निरुत्साहित गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, नेपाल सरकारले तोकबमोजिम कम्तिमा चार पटक नियमित गर्भ जाँच गराउने महिलाहरुलाई सुरक्षित प्रसुति गराउन निःशुल्क रुपमा वर्थिङ्ग सेन्टरसम्म पु¥याउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दिपक यादवले बताए ।

यसैगरी विपद् जोखिमन्युनीकरणका लागि १२ लाख रुपैयाँको विपद् व्यवस्थापन कोष खडा गर्ने निर्णय गरेको छ भने ३० देखि ६० बर्षसम्म उमेरका महिलाहरुमा प्रमुख समस्याको रुपमा देखा परिरहेको पाठेघर तथा स्तनक्यान्सरको जाँचको लागि स्क्रीनिङ्गको ब्यवस्था गरिने निर्णय गरिएको अध्यक्ष यादवले बताए ।
यस्तै एसईई परीक्षामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये सर्वाधिक अंक ल्याउने दुई जना छात्र र दुई जना छात्रालाई प्रोत्साहन गर्न पुरस्कार दिने तथा उच्च शिक्षा अध्ययन गर्ने दलित युवा युवतिका लागि प्रोत्साहन स्वरुप आर्थिक सहयोग उपलब्ध गराउने गाउँ सभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विनीत कुमार झाले जानकारी दिए ।
स्थानीय पञ्जिकाको अभिलेख तथा सामाजिक सुरक्षाको अभिलेखलाई सूचना प्रविधिमार्फत व्यवस्थित गरिने तथा सामाजिक सुरक्षा भत्तालाई ब्यवस्थित तथा समयभित्र भुक्तानीका लागि बैंक मार्फत भुक्तानी दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत झाले जनाए ।
सो अवसरमा गाउँ सभाका सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ