News Category 2075/10/08
खेलाडी उत्पादन गरि विभिन्न प्रतियोगिता सहभागी गराउने लक्ष्य
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सप्तरीको तिलाठी कोईलाडी गाँउपालीकाले स्थानिय खेलाडीहरूको प्रशिक्षण तथा खेलाडी छनोट गरि खेलकुदको गतिबिधिलाई सक्रिय बनाउन लागेको छ ।
तिलाठी कोईलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिँहले खेलकुद गतिबिधिलाई प्राथमिकतामा राख्दै खेलाडीलाई संरक्षण तथा उत्पादन गर्ने उद्देश्य रहेको बताए ।
गाँउपालिकाले यही माघ १० गते गजेन्द्र नारायण सिँहको स्मृतिको अवसरमा गाँउपालिका स्तरिय क्रिकेट प्रतियोगिताका लागि खेल मैदान बनाउन तथा प्रतियोगिताको तयारीमा जुटेको जनाइएको छ ।
सप्तरीमा क्रिकेट खेलाडीको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू उत्पादन सँगै कुलतमा फसेका युवाहरूलाई खेलकुद माध्यमवाट कुशल ब्यक्तित्व बनाउने लक्ष्य बमोजिम प्रतियोगिता गर्न अध्यक्ष सिंहले बताए ।
यसका अतिरक्त गाँउपालिकाको तोपा, बभनगमाकटी, सडेपार, तिलाठी, मंसापुर लगायतका ठाँउका युवाहरूलाई क्रिकेट प्रति अभिरूची सँगै क्रिकेट खेलाडी छनोटका लागि दुई दिने प्रशिक्षण समेत गराएको प्रशिक्षक धर्मेन्द्र चौधरीले बताए ।
प्रशिक्षण दिएका खेलाडीहरूबाट उत्कृष्ट हुनेहरूलाई छनोट गरि टोलटोलमा टिम बनाएर खेलकुदप्रति अभिरूची जगाउने गाउँपालिकाको अभिप्राय रहेको छ ।
यता तिलाठी गाउँपालीकासहित यहाँका स्थानिय र सप्तरी क्रिकेट संघ, एम्पायर संघ र क्रिकेट प्रशिक्षक, प्राबिधिक, खेलाडीहरू स्थानियहरू बभनगमाकटी मैदान बनाउन लागेको वडा अध्यक्ष गुलाव सिंहले खुशी ब्यक्त गरे ।
सप्तरीमा क्रिकेटको बिकासमा टेवा पुरयाउने उदेश्यले तिलाठी कोईलाडी गाँउपालिकाले खेलाडी उत्पादन गर्ने थालिएको प्रयास क्रिकेटको लागि राम्रो दिन भएको स्थानिय शिक्षक संतोष सिंह बताउछन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ