News Category 2075/10/11
प्रहरीको मोस्ट वान्टेड नेपाली सेनामा पूर्वकार्यरत चौधरी सार्वजनिक
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
सप्तरी जिल्लाको विभिन्न अपराधिक गतिविधमा संलग्न रहेको तथा प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका प्रगतिशील तराई मुक्ती मोर्चा सिजन समूहका एक कार्यकर्तालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।
सप्तरीको खडक नगरपालिका ९ का ४१ वर्षीय पशुपति चौधरीलाई प्रहरीले माघ ८ गते पक्राउ गरेपछि बिहीबार सार्वजनिक गरेको हो । चौधरी नेपाली सेनामा १० वर्षसम्म कार्यरत थिए भने उनी भलिबलका खेलाडी समेत रहेको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीको सूचीमा रहेका अर्का मोस्ट वान्टेड अपराधि सप्तरीको सुरुङ्गा नगरपालिका ६ कडोरवना निवासी ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरीद्वारा प्रतिरक्षाका क्रममा बुधबार बिहान मारिएका थिए । सोही घटनाको भोली पल्ट प्रहरीले पशुपतिलाई सार्वजनिक गरेको हो ।
पशुपति चौधरी असईको हत्या, प्रहरी भ्यानमा बम प्रहार र प्रहरी हबल्दारलाई गोली mस्प्रहार, गार्डलाई गोली प्रहारलगायतका घटनामा संलग्न रहेको प्रहरीको दाबी छ ।
माघ २ गते इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी हबल्दार महेन्द्र सतरा यादवलाई गोली हानी घाइते बनाएको, २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, २०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरी बम विस्फोट, २०७४ असोज २४ गते सुरुङ्गा नगरपालिका ६ स्थित त्रियुगा डिस्ट्रिलरीका सुरक्षा गार्ड नवराज कोइरालाको गोली हानी घाइते बनाएको लगायतका घटनामा संलग्नता रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले दाबी गरेका छन् ।
यसैबीच प्रहरीले मोर्चामा संलग्न रहेका अन्य केही कार्यकर्ताको विवरण सार्वजनिक गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–८ मझौराका सिजन भन्ने रामकुमार यादव (पूर्व संयोजक), ब्रम्हपुरका रोशन साह, कन्जिराका अशोक साह, रुपनी गाउँपालिकाको खोजपुरका ब्रम्हा ठाकुर, सुरुङ्गा नगरपालिकाको कडरवोनाका दिपेन्द्र चौधरी (मृत्यु) लगायतका व्यक्ति मोर्चामा रहेको एसपी बिष्टले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ