News Category 2070/10/10
सहमति कार्यान्वयन नभए नेसपा (गजेन्द्रवादी) ले आन्दोलन गर्ने
दैनिक संवाददाता
राजविराज, ९ माघ ।
सरकारसँग भएको सहमति कार्यान्वयन नभए आफ्नो पार्टी आन्दोलनमा उत्रिने नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले बताउनुभएको छ ।
सो पार्टीद्वारा राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले सरकारका तर्फबाट ऊर्जा विज्ञान तथा वातावरण र सिँचाइ मन्त्री उमाकान्त झा र आफूबीच गत २०७० वैशाख ४ गते भएको सहमति कार्यान्वयन गर्न माग गर्नुभयो ।
गत २०६९ चैत १५ गतेदेखि राजविराजमा आफू आमरण अनशनमा बसेका बेला मन्त्री झाको उपस्थितिमा भएको सम्झौताअनुसार केही माग पूरा भए पनि सप्तरीमा लोकसेवा आयोगको कार्यालय स्थापना हुनुपर्नेलगायतका महत्वपूर्ण माग अझै कार्यान्वयन नभएको भन्दै अध्यक्ष तिवारीले तत्काल माग पूरा गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले २०७० चैत १५ गतेसम्ममा माग पूरा नभए आफ्नो पार्टी पुनःआन्दोलनको बाटो रोज्न बाध्य हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ