News Category 2075/10/16

बगेको अवस्थामा किशोरीको शव फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
    सप्तरीको कंचनरुप नगरपालिका ६ स्थित चन्द्रनहरमा बगेको अवस्थामा मंगलबार एक किशोरीका शव फेला परेको छ ।
    चन्द्रनहरले बगाएर ल्याएको शव जिल्लाको सप्तकोशी नगरपालिका ११ बस्ने रामचन्द्र सदाको १५ बर्षीया छोरी श्याम कुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    श्याम कुमारीको कसैले हत्या गरेर नहरमा फ्यालेको हुनसकने अथवा डुवेर मृत्यु भएको पनि हुन सक्ने प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिए ।
    शव परिक्षण पश्चात् आफन्तलाई बुझाइएको र घटना सम्बन्धमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट