News Category 2075/10/16

मामाघर आएकी किशोरी बलात्कृत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ माघ ।
    मामाघर आएकी एक किशोरी बलात्कृत भएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ महुवा मामाघर आएकी एक १८ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।
    मामाघर नजिकै बारीमा दाउरा लिन गएकी ती किशोरीलाई स्थानिय २० वर्षीय प्रभुकुमार यादवले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    बलात्कृत किशोरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । यता पीडितका परिवारजनले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरीसमेत दर्ता गराएको छ ।
    बलात्कारपछि युवक फरार रहेको तथा उनको खोजी कार्य तीव्र रुपमा भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट