News Category 2075/10/17

स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 

दैनिक समाचारदाता

स्थानिय निकाय कर्मचारी सहिद  यादवको शालिकामा माल्यार्पण 

दैनिक समाचारदाता
राजविराज, १६ माघ । 
    सहिद दिवसको अवसरमा बुधबार जिल्ला समन्वय समिति सप्तरीको प्राङ्गनमा स्थापना गरिएको स्थानिय निकाय कर्मचारी सहिद प्रभु नारायण यादवको शालिकमा माल्यार्पण गरिएको छ । 
    समन्वय समितिका सभापति प्रभाकर यादव, स्थानिय निकाय कर्मचारी संघका केन्द्रिय सदस्य नवराज खड्का, प्रदेशका सचिव गंगराम साह, अधिकृत सुभाष मण्डल तथा अन्य कर्मचारीहरुले सहिद यादवको शालिकमा माल्यार्पण गरे । 
    तत्कालिन जिल्ला विकास समितिको कार्यालयमा नायब सुब्बा पदमा कार्यरत प्रभु नारायण यादवको २०६४ साल कात्तिक १२ गते बेलुका ७ः३० बजे कार्यालयबाट राजविराज हनुमानगर सडक खण्ड हुँदै घर फर्कने क्रममा खाडो पुलदेखी पूर्व गोली प्रहार गरि हत्या गरिएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट