News Category 2070/10/11
उद्योग बाणिज्य संघको महासचिव र सदस्य पदका लागि आज निर्वाचन हुदै
दैनिक संवाददाता
राजविराज, १० माघ ।
सप्तरी उद्योग बाणिज्य संघको एक जना महासचिव र ६ जना सदस्य पदका लागि आज निर्वाचन हुने भएको छ ।
संघको अध्यक्ष, दुबै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएपछि बाँकी महासचिव र कार्यसमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।
संघको अध्यक्षमा अरुण कुमार प्रधान निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमै उम्मेदवारी दिएका सुरेश कुमार सिंहले उम्मेदवारी फिर्ता लिएपछि प्रधान निर्विरोध रुपमा अध्यक्ष पदमा निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अशोक कुमार चौधरीले जानकारी दिनुभयो ।
शुक्रवार विहान उद्योग बाणिज्य संघमा निर्वाचन समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त चौधरीले सप्तरी उद्योग बाणिज्य संघको उद्योग उपाध्यक्षमा शंकर कुमार दास, बाणिज्य उपाध्यक्षमा गौरी शंकर साह, सचिवमा कैलाश दास, कोषाध्यक्षम गुलामउदीब उज्जमा खाँ, सहकोषाध्यक्षमा प्रमोद कावरा र महिला सदस्यमा गिता कोइराला निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो ।
निर्विरोध हुन बाँकी रहेको संघको महासचिव र सदस्य पदका लागि शनिबार निर्वाचन हुने निर्वाचन आयुक्त सतिशकुमार दत्तले जानकारी दिनुभयो । संघको एक जना महासचिवका लागि बिश्वनाथ दास, सतिश कुमार सिंह, भोगेन्द्र मिश्र, दीपेन्द्र कुमार दास र अनन्त साह प्रतिष्पर्धामा रहनु भएको छ ।
यस्तै कार्यसमितिको ६ जना सदस्यका लागि अनवर दफाली, अनिलकुमार पेडिवाल, संजय कुमार दास, प्रभात कुमार ललन, बिनोद कुमार साफी, नेत्र बिक्रम साह, अभिषेक दास, निर्मलकुमार मुन्धडा, अभिषेक कावरा, देवराम प्रसाद यादव, रमेश कुमार साह, बैधनाथ यादव, तेजनारायण यादव, सन्तोष भगत, शिबनारायण साह, संजय कुमार दास, सन्तोष कुमार साह, राजेश कुमार गुप्ता र शंकर चौधरी चुनावी मैदानमा रहनु भएको निर्वाचन समितिले जनाएको छ ।
कुल १ हजार ४ सय १९ मतदाता रहेको संघको निर्वाचन शनिबार विहान ९ बजेदेखि ४ बजेसम्म राजविराजस्थित केअमावीमा निर्वाचन हुन गइरहेको समितिले जनाएको छ ।
यसैबीच शुक्रवार मात्र संघको महासचिव पदमा उम्मेदवारी दिएका सतिश कुमार सिंहले महासचिवका अर्का उम्मेदवार अनन्त साहलाई समर्थन गरेको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ