News Category 2075/10/17
अज्ञात सहिद साकेतको शालिकमा दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
सहिद दिवसको अवसरमा बुधबार साँझ सहिद साकेत चन्द्र मिश्रको शालिकमा मैनवत्ति प्रज्वल गरिएको छ । यद्दपी सरकारीस्तरबाट साकेतलाई अझै सहिद घोषणा गर्न सकेको छैन् ।
सहिद साकेत पार्कमा अवस्थित साकेत चन्द्र मिश्रको शालिकमा नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, पार्क संरक्षण समितिका संयोजक सोमेशचन्द्र मिश्र, काँग्रसका नेता अजित मिश्र, काँग्रसका युवा नेता शब्बिर आजमलगायतले फुलमाला अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै मैनवत्ति प्रज्वलन गरेका थिए ।
२०४२ सालको राजदरबार बम काण्डमा तत्कालिन राज्यबाट वेपत्ता पारिएका साकेतको हालसम्म पनि अवस्था अज्ञातै रहेको छ । यता साकेतसँगै दरबार बम काण्डमा शहिद भएका धनुषाका दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गरिसकेको अवस्थामा साकेतलाई सहिद घोषणा गर्न नसक्नुमा राज्यको गम्भिर त्रृटी भएको काँग्रेस जिल्ला सचिव यादवले आरोप लगाए ।
यस्तै सप्तरीका अर्का सहिद दिलिप चौधरीलाई सहिद दिवसको दिनमा सम्झिएको छैन् । उनी पनि सरकारी सहिदको सूचीमा पर्न सकेका छैनन् । सहिद घोषणा भएका जनकपुरमा दुर्गानन्द झा र सहिद घोषणा हुन बाँकी रहेको सप्तरीका साकेत र दिलिपसँग सँगै तत्कालिन राजदरबार बिरोधी आन्दोलनमा सक्रिय थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ