News Category 2075/10/17

मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै

दैनिक समाचारदाता

मालपोत कार्यालय राजविराजमा  अनलाइन प्रणाली सुरु हुँदै

दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
    भुमिसुधार तथा तथा मालपोत कार्यालय राजविराजले शुक्रबारदेखी अनलाइन प्रणाली सुरु गर्ने भएको छ । 
    मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसादले नेपालका ५० मालोपोत कार्यालयमा अनलाइन प्रणाली लागु भइसकेको जानकारी दिँदै सप्तरीको राजविराज मालपोत कार्यालयमा अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए । 
    अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने बताए । 
    अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको उनले बताए ।
    यसअघि सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर मालपोत कार्यालय अनलाइन प्रणाली दुई महिना अघि नै सूचारु भइसकेको उनले जानकारी दिए ।  
    यता लेखापढी संघका पूर्व अध्यक्ष जयनारायण देवले अनलाईन प्रणालीमा बिटोरी र गाउँ ब्लकका जग्गा बारे कुनै विवरण उल्लेख नभएकोले यसप्रति कार्यालय जवाफदेहीता बन्नु पर्ने बताए । 
    सप्तरीमा २५ प्रतिशत गाउँ ब्लक र १० प्रतिशत जग्गा बिटोरी नै रहेकोले ती जग्गावालाहरुलाई आउने समस्याप्रति कार्यालय गम्भिर हुनुपर्ने जिकिर गरे । 

प्रतिकृया दिनुहोस