News Category 2075/10/17
वेवारिसे शव अस्पतालमै रहेका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुँदै
दैनिक समाचारदाता
राजविराज, १७ माघ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको शव गृहमा विगत एघार दिनदेखि राखिएको बेवारिशे शवका कारण अस्पताल क्षेत्र दुर्गन्धित हुन पुगेको छ ।
उचित व्यवस्थापन गर्न नसक्दा २०७५ साल माघ ६ गते ल्याएर राखिएको उक्त शवका कारण अस्पतालमा दुर्गन्ध फैलिएको हो ।
शम्भुनाथ नगरपालिका वाड नं. २ स्थित खैरबोना सामुदायिक वनजंगलमा वेवारिसे अवस्थामा फेला परेको मधेशी मूलका अन्दाजी ५० वर्षिय पुरुषको मृत शरीर पोष्टमार्टमका लागि अस्पतालको शव गृहमा पु¥याइएको थियो । सोही दिन शवको पोष्टमार्टम गरिएपनि शवको सनाखत हुन नसकेको र कोही आफन्त पनि सम्पर्कमा न आएको अस्पतालमा डयूटीरत प्रहरी हवल्दार रामशंकर यादवले बताए ।
शवगृहबाट निस्केको दुर्गन्धले विरामी र कुरुवा मात्र नभई त्यहाँ कार्यरत चिकित्सक र कर्मचारी पनि चिन्तित छन् । अहेव जयकृष्ण गुरमैताले बेवारिसे शव व्यवस्थापनका लागि सम्बद्ध निकायमा जानकारी गराई सकिएको बताए ।
यता अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले कोही आफन्त आउला भन्ने आशमा शव राखिएकोले ढिलाई भएको भन्दै शवको उचित व्यवस्थापनका लागि आफुले यथाशीघ्र पहल गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ