News Category 2075/10/18

पुलको रेलिङबाट लडेर युवकको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ माघ । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा स्थानिय एक युवकको पुलको रेलिङबाट लडेर पानीमा डुबी मृत्यु भएको छ ।
    सो गाउँपालिका ५ बनरझुला निवासी ३६ वर्षिय अशोक रायको घर नजिकै रहेको नहर वारपार गर्न बनाइएको पुलको रेलिङबाट लडेर पानीमा डुब्दा विहीवार साँझ मृत्यु भएको स्थानीयले बताएका छन् ।
    प्रहरीले रायको पनीमा डुबेर मृत्यु भएको पुष्टी गर्दै उनको शव पोष्टमार्टमका लागि शुक्रवार स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई, आवश्यक अनुसन्धान भई रहेको जनाएको छ । 
    मृतक राय मिर्गी रोगले पीडित रहेको र साँझका समयमा एक्लै घरबाट निस्किदा परिवारका सदस्यहरुले ध्यान नदिदा त्यस्तो दुःखद घटना भएको गाउँलेहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट