News Category 2075/10/18
डा. केसीको समर्थनमा चिकित्सकहरुद्वारा सबै सेवा ठप्प
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
चिकित्सकहरुले शुक्रबार सप्तरी जिल्लाभरका आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पारेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २४ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीको माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्यले चिकित्सकहरुले सेवाहरु ठप्प पारेका हुन् ।
डा. केसीसँग भएको सहमति विपरित प्रतिनिधि र राष्ट्रिय सभाबाट राष्ट्रिय चिकित्सा विधेयक पारित भएपछि बाध्य भई सेवा ठप्प बनाउनु परेको नेपाल चिकित्सक संघ सप्तरीका अध्यक्ष डा. तिर्थलाल कर्णले बताए ।
पूर्व मेडिकल सुपरीटेन्डेण्ट डा. मुरली प्रसाद सिंहले डा. केसीसंग गरेको सम्झौता विपरित ऐन ल्याएपछि उनको जीवन रक्षा र माँग पुरा गराउन सेवा ठप्प पारी आन्दोलनमा उत्रिुनपरेको बताए ।
आन्दोलनका कारण सरकारी र प्राइभेट सबै अस्पतालका चिकित्सकले सेवा बन्द गरेपछि विरामीको भने विजोग भएको छ ।
टाढा–टाढाबाट उपचारका लागि आएका विरामीहरु निराश भई घर फर्किएका थिए । स्थानीयले भने सरकारले संशोधन मार्फत डा. केसीसँग भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ