News Category 2075/10/18
डा. केसीको समर्थनमा चिकित्सकहरुद्वारा सबै सेवा ठप्प
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
चिकित्सकहरुले शुक्रबार सप्तरी जिल्लाभरका आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प पारेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत २४ दिनदेखि अनसन बसिरहेका डा. गोविन्द केसीको माग पुरा गराउन सरकारलाई दवाव दिने उद्देश्यले चिकित्सकहरुले सेवाहरु ठप्प पारेका हुन् ।
डा. केसीसँग भएको सहमति विपरित प्रतिनिधि र राष्ट्रिय सभाबाट राष्ट्रिय चिकित्सा विधेयक पारित भएपछि बाध्य भई सेवा ठप्प बनाउनु परेको नेपाल चिकित्सक संघ सप्तरीका अध्यक्ष डा. तिर्थलाल कर्णले बताए ।
पूर्व मेडिकल सुपरीटेन्डेण्ट डा. मुरली प्रसाद सिंहले डा. केसीसंग गरेको सम्झौता विपरित ऐन ल्याएपछि उनको जीवन रक्षा र माँग पुरा गराउन सेवा ठप्प पारी आन्दोलनमा उत्रिुनपरेको बताए ।
आन्दोलनका कारण सरकारी र प्राइभेट सबै अस्पतालका चिकित्सकले सेवा बन्द गरेपछि विरामीको भने विजोग भएको छ ।
टाढा–टाढाबाट उपचारका लागि आएका विरामीहरु निराश भई घर फर्किएका थिए । स्थानीयले भने सरकारले संशोधन मार्फत डा. केसीसँग भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ