News Category 2075/10/18
मालपोत कार्यालय राजविराजमा अनलाइन प्रणाली लागु
दैनिक समाचारदाता
राजविराज, १६ माघ ।
भुमिसुधार तथा तथा मालपोत कार्यालय राजविराजले शुक्रबारदेखी आफ्नो सम्पूर्ण अभिलेख राख्ने कार्य अनलाइन प्रणालीबाट सुरु गरेको छ ।
भूमि तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन प्रणालीबाट अभिलेख राख्ने कार्यको उद्घाटन गरे ।
मालपोत कार्यालयका प्रमुख सिकेन्द्र प्रसाद साहको अध्यक्षतमा आयोजित कार्यक्रममा महानिर्देशक दवाडीले अब उपरान्त अनलाइनमा राखिने अभिलेखका कारण सम्पूर्ण कामकाज पारदर्शी हुने बताए ।
.jpg)
उनले मुलुक डिजिटल प्रविधितर्फ उन्मूख भइरहेको हुँदा जग्गाधनी पूर्जा समेत अनलाइनमा राखिने कार्यले गर्दा कसैलाई कुनै प्रकारको झन्झट नहुने र चाहेको बेला सजिलै हेर्न सकिने बताए । यस प्रविधिले जग्गा खरीद र बिक्रि गर्न चाहनेहरुले कम खर्चमा सजिलै गर्न पाउने उनले जिकिर गरे ।
आयोजित कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुर, राजविराज नगरपालिका प्रमुख शम्भु यादव लगायतकाले अनलाइन प्रणालीे शुभारम्भ भएकोमा शुभकामना दिएका थिए ।
राजविराजको मालपोत कार्यालय यो प्रणाली अपनाउने नेपालको ५१ औं मालोपोत कार्यालय भएको छ । यस अघि नेपालको ५० मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली लागु भइसकेको छ ।
यता मालपोत कार्यालय राजविराजका प्रमुख सिकेन्द्र साहले अनलाइन प्रणाली लागु भएपछि जनताले सजिलैसँगै काम गर्न गराउने सक्ने बताए । अहिले हुने गरेको कामकाज अलि जटिल रहेकोले अनलाइन प्रणालीबाट ग्राहक आफै पनि फारम भरेर जग्गा किनबेच, नामसारी लगायतका काम गर्न सक्ने उनले बताए ।
अनलाइन प्रणालीमा जग्गाधनीहरुले आफ्नो विवरण तथा खरीद बिक्रि गर्नेको विवरण, लिखत अधिकृत वारिसबाट गरिने विवरण, जग्गाको विवरण, कित्ताको विवरण, संरक्षक लगायतकाको विवरण भर्न सक्ने प्रावधान गरिएको रहेको छ ।
यसअघि सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर मालपोत कार्यालय अनलाइन प्रणाली दुई महिना अघि नै सूचारु भइसकेको छ ।
यता संचालनमा आएको अनलाईन प्रणालीमा बिटोरी र गाउँ ब्लकका जग्गा बारे कुनै विवरण उल्लेख रहेको छैन् । जसकारण बिटोरी र ब्लकका जग्गा हुनेहरुमा अन्यौलता छाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ