News Category 2070/10/11
स्मृति दिवसमा स्व. सिंहको योगदान बारे चर्चा
दैनिक संवाददाता
राजविराज, १० माघ ।
नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष तथा मधेशका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको १२ औं स्मृति मधेशबादी दलहरुले एउटै मञ्चमा मनाएका छन् ।
बिभिन्न मधेशबादी दलहरु मिलेर गठन गरेको मधेशी मोर्चा सप्तरीको आयोजनामा जिविस सभाहलमा आयोजित स्मृति दिवसमा मधेशवादी दलका नेताहरुले मधेश र मधेशीका अधिकारका लागि स्व. सिंहले खेलेको भुमिका बारे चर्चा गरेका छन् ।
मधेशी मोर्चा सप्तरीका संयोजक मो. युसुफको अध्यक्षतामा आयोजित स्मृति दिवसमा प्रमुख अतिथि स्व. सिंहका समकक्षी सत्यनारायण दासले मधेश र मधेशीको हक अधिकारका लागि स्व. सिंहले देखाएको मार्गमा मधेशबादी दलहरु हिड्न नसकेको प्रति चिन्ताब्यक्त गर्नुभयो ।
सबैभन्दा प्रतिकुल परिस्थितिमा पनि मधेश र मधेशीको अधिकारका लागि संघर्ष गरेपनि त्यो अनुसारको सम्मान मधेशबादी दलले सम्मान दिन सकेको बताउँदै उहााले स्व. सिंहको सपनालाई साकार पार्न मधेशबादी दलहरु एक जुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष नबलकिशोर साह, नेपाल सद्भावना पार्टी(गजेन्द्बादी) का अध्यक्ष बिकास तिवारी, राष्ट्रिय मधेश समाजवादी पार्टीका हरिकृष्ण भगत, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष रामप्रित यादव लगायत मोर्चामा आबद्ध सबै दलका नेताहरुले स्व सिंहको योगदानबारे चर्चा गर्नुभयो । कार्यक्रममा तमलोपाका साधना झाले स्वागत गर्नुभयो ।
यस्तै सद्भावना पार्टी निकट मधेश रक्षा बाहिनीले स्व. सिंहको स्मृतिमा शुक्रवार साँझ राजविराजस्थित गजेन्द्र चौकमा मैनवती बालेको छ । मधेश रक्षा बाहिनीका प्रमुख बिनोद यादवको नेतृत्वमा मैनबती जलाएको छ । नेसपाका संस्थापक अध्यक्ष सिंहको गत २०५८ साल माघ १० गते निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ