News Category 2075/10/19
प्रहरी र गाँजा तस्करबीच गोली हानाहान एक भारतीय र दुई नेपाली तस्कर ४२ केजी गाँजासहित पक्राउ
राजविराज÷सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा सशस्त्र प्रहरी र गाँजा तस्करबीच दोहरो गोली हानाहान भएको छ ।
विशेष सूचनाका आधारमा शुक्रबार राती सशस्त्र प्रहरीको टोली सो स्थानमा पुग्दा तस्करतर्फबाट गोली प्रहार भएपछि जवाफी कारवाहीमा सशस्त्रले गोली चलाएको जनाएको छ । सो घटना पश्चात् एक भारतीय र दुई नेपाली तस्करलाई ४१ किलो अवैध लागू औषध गाँजासहित पक्राउ गरेको सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका उपरिक्षक खेम बहादुर थापाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा भारत विहार राज्य सिपौल जिल्लाका ६५ बर्षिय उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का हिरा मुखिया तथा ४५ बर्षिय लालबाबु राय रहेको सशस्त्र प्रहरी उपरिक्षक थापाले बताए छन । उनीहरु लामो समयदेखि गाँजा तस्करीमा संलग्न रहेको शसस्त्र प्रहरीको भनाई छ ।
भारतीय सीमासँग जोडिएको गोबरगाढामा भारतीय तस्करसँग मिलेर स्थानिय तस्करहरु गाँजा लिएर भारत तर्फ लैजादै गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि त्यहाँस्थित शसस्त्र प्रहरीबल गण नं. ६ बाट राती ८ बजे तिर हतियार सहितको टोली परिचालन गरिएको थियो ।
टोली पुग्दा प्रहरीलाई लक्षित गरी तस्कर समुहको तर्फबाट २ राउण्ड गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी कार्यवाहरु भएको शसस्त्र प्रहरी बल गण नं. ६ का प्रहरी उपरिक्षक थापाले बताए ।
यद्यपि घटनामा कसैलाई गोली नलागेको उनको भनाई छ । तीन जना घटना स्थलबाटै पक्राउ परेपनि उक्त समुहका बाँकी दुई जना अँध्यारोको फाइदा उठाई सिमापारी भारत तर्फ भाग्न सफल भएको प्रहरी उपरिक्षक थापाको भनाई छ ।
गोली हानाहान भएको स्थलबाट तस्करीका लागी सेतो बोरामा ठिक्क पारी राखिएको १४÷१४ केजीको प्याकेट गरी ४१ केजी गाँजा बरामद गरिएको र पक्राउ परेका तस्करहरुलाई उक्त परिमाणको गाँजा सहित शनिबार विहान जिल्ला प्रहरीको कार्यालयको जिम्मा लगाइएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।
यता पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर गाँजा खेती नष्ट र सिमा क्षेत्रमा निगरानी बढाउने कामलाई तिब्रता दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ