News Category 2075/10/20
गाँजा तस्करीमा संलग्न एक भारतीयसहित तीन सार्वजनिक

दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ स्थित गोबरगाढामा तस्करी नियन्त्रणका लागि पुगेको प्रहरी टोलीमाथि गोली हानाहान गर्ने तस्कर समूहका तीन जनालाई आईतवार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएकाहरु भारतको बिहार राज्य सिपौल जिल्लाका ६५ वर्षिया उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लाल बहादुर राय छन् ।
यद्यपी पक्राउ परेकाहरु आफुहरु गाँजा सीमापारी पु¥याउने भरिया मात्र रहेको र गोली चलाउने भारतीय नागरिकहरु फरार भएको बयान दिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् । यता पक्राउ परेकाहरुले एक बोरा गाँजा सीमावर्ती भारतीय बजारमा पु¥याउँदा आफुहरुले जनही २÷२ हजार रुपैयाँका दरले भारतीय तस्करहरुबाट पारश्रमिक पाउने गरेको संचारकर्मीलाई बताएका छन् ।
भारतीय सीमासँग जोडिएको गोबरगाढामा शुक्रवार राती ८ बजेतिर तस्करहरु गाँजा लिएर भारततर्फ लैजादै गरेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीमाथि तस्करहरुले गोली प्रहार गरेको थियो । सो क्रममा प्रहरीबाट पनि जवाफी कारवाही भएको थियो ।
उक्त घटनामा कुनै मानवीय क्षति भएको थिएन । दुई जना तस्करहरु अंध्यारोको फाइदा उठाई भारततर्फ भाग्न सफल भएपनि तीन जनालाई घेरा हाली प्रहरीले घटनास्थलबाट ४१ केजी गाँजा सहि पक्राउ गरेको थियो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरार तस्करहरुको खोजी कार्य भइरहेको र पक्राउ परेकाहरु उपर लागुऔषध मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ