News Category 2075/10/20
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै ४ लाख बढीको मदिरासहित चालक र सवारी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, २० माघ ।
सप्तरी प्रहरीले चार लाख ३६ हजार मूल्य बराबरको मदिरा सहित चार सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ ।
भारततर्फ तस्करीका लागि लैजादै गरेको भन्दै शनिवार साँझ प्रहरीले राजविराजबाट राजगढ गाउँपालिकास्थित नर्घोतर्फ जाँदै गरेको एउटा मिनि ट्रक तथा तिन वटा टेम्पोमा लोड गरेको मदिरा बरामद गरिएको प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिएका छन् ।
यसरी प्रहरीले नियन्त्रणमा लिएको को १ ख २८५९ नम्बरको मिनि ट्रक तथा स १ ह २७२२, स १ ह १९२७ तथा स १ ह ३०८२ नम्बरको टेम्पोबाट मामाश्री ३ सय ८७ कार्टुन, दिलवाले १ सय १० कार्टून, कस्तुरी १८ कार्टून, उमंग १५ कार्टुन र गौरव नामक मदिरा ५ कार्टुन गरी चार लाख ३६ हजार मूल्य बराबरको रहेको आईतवार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।
यसैगरी उक्त सवारी साधनहरुका चालक राजगढ गाउँपालिकाका शत्रुघन यादव, शिवकुमार यादव, शालिग्राम साह र उदयपुरका छेदुवा चौधरीलाई समेत पक्राउ गरी आवश्यक कारवाही अघि बढाएको प्रहरी उपरिक्षक प्रहरी विष्टले जानकारी दिएका छन् ।
यता भारतको विहार राज्यमा मदिरा पुर्ण निषेध गरिएकोले मदिरा निषेधपछि बिहारका मदिरा प्रेमीलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा मदिरा पसल खुल्ने क्रम बढेको छ । एसपी विष्टले कागजी प्रक्रिया पु¥याएर भारततर्फ मदिरा लुकिछिपी पठाउने कामलाई निरुत्साहित गर्न कडाई गरेको बताए ।
मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर भारततर्फ तस्करी गर्ने नियतले मदिरा लाने गरिएको भन्दै उनले स्थानीय बजारमै यति ठुलो मात्रामा मदिरा विक्री हुनै नसक्ने जिकिर गरे ।
यसैबीच उक्त मदिराका सप्लार्यस राजविराजस्थित फ्रेन्ड टे«डर्सका संचालक सुरेन्द्र यादवले आफुले कुनै तस्करीको प्रयोजनका लागि नभई राजगढ गाउँपालिकास्थित मदिराका थोक विक्रेता अन्जली मदिरा पसललाई अर्डर अनुसारको उक्त मदिरा सवारी साधनमा लोड गरी पठाएको र प्रहरीले बीच बाटो बाटै नियन्त्रणमा लिएको दावी गरे ।
प्रहरीले बरामद मदिरा र सवारी साधन आईतवार भन्सार कार्यालय राजविराज चलान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ