News Category 2070/10/11
राजनीति माफियाका कारण मुलुकमा विकास हुन नसकेको ः महासचिव देव
दैनिक संवाददाता
राजविराज, १० माघ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव तथा सभासद् जितेन्द्र नारायण देवले राजनीति माफियाका कारण मुलुकमा बिकास हुन नसकेको बताउनुभएको छ ।
सभासद्को रुपमा सपथ लिएरपछि पहिलो पटक गृह जिल्ला आउनुभएका देवले शुक्रवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो निहीत स्वार्थका लागि मुलुकमा रहेको राजनीतिक माफिया नै देशको बाधक रहेको बताउनुभएको हो ।
सन १९४५ मा स्वतन्त्र भएको भारत र सन १९४७ मा स्वतन्त्र भएको चीन बिश्वमै बिकासको नमुना देशको रुपमा बिकास भएपनि ती देशहरुसँगै सन् १९५० मा राणाबाट मुक्त भएको नेपालमा बिकासले गति लिन नसकेको प्रसङ कोट्याउँदै उहाँले राजनीतिक माफीया र भारत र चीनलाई हेर्ने राजनीतिक दृष्टिकोणमा देखिएको असमानता नै बिकासको बाधक रहेको बताउनुभयो ।
त्यसैले संबिधानसभामा आफुले मुलुकको बिकासका बाधक रहेको राजनीतिक माफिया अन्त्य गर्ने सबालमा, भारत र चीन दुई ठुला राष्ट्रको बिषयमा साझा धारणा बनाउन र बिकासको सबालमा राजनीतिक सहमतिको सबालमा कुरा उठाउने बताउँदै उहाँले राजनीतिक सहमति गरेर अबिलम्ब संबिधानको घोषणा गरी मुलुकको बिकासमा राजनीतिक सहमति कायम गर्नुपर्ने बताउनुभयो ।
सप्तरीको बिकासमा आफुले जिल्लाका अन्य दलका सभासद्हरुसँग सहकार्य गरेर अघि बढ्ने बताउँदै जिल्लाको बिकासमा कुनै राजनीति नगर्ने उहाँले प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
एक अर्को प्रसङमा देवले एमाओवादी सहितको राष्ट्रिय सहमतिको सरकार गठन भए आफ्नो दलपनि सरकारमा सहभागि हुन सक्ने बताउनुभएको छ ।
संबिधान निर्माणका लागि राष्ट्रिय सहमतिकै सरकार आवश्यक रहेकोले माओवादी सहितको सबै दल सम्मिलित राष्ट्रिय सरकार बन्ने त्यो सरकारमा आफ्नो दलपनि सरकारमा सहभागि हुन सक्ने महासचिव देवको कथन थियो ।
यही माघ १२ गते बस्ने व्यवस्थापिका संसदको बैठक पश्चात बिधबत रुपमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने बताउनुहुँदै उहाँले छिट्टै नयाँ सरकार निर्माण हुने बिश्वास समेत ब्यक्त गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ