News Category 2075/10/21
प्रहरीद्वारा २१ किलो चरेस र ३३ लाख बढी मुल्यको कपडा नियन्त्रण
दैनिक समाचारदाता
पर्सा, २१ माघ ।
सीमा क्षेत्रमा हुने लागुऔषध ओसार तथा भन्सार छली गरिने अवैध कारोवारलाई नियन्त्रण गर्न चलाइएको अभियानलाई पर्सा प्रहरीले निरन्तरता दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जका विभिन्न स्थानबाट २१ किलो चरेससहित पाँच, नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित एक र भन्सार छली भित्र्याइएको रु ३३ लाख बढी मूल्यको कपडासहित ठोरी गाउँपालिकाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।
.jpg)
पक्राउ परेका सबै अभियुक्तलाई सोमबारै पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा वीरगञ्जको रानीघाटबाट ११ किलो चरेससहित रामबालकप्रसाद विण, मकवानपुर थाहा नगरपालिका– ८ निवासी सोमाल थिङ्ग र भारतको कानपुर निवासी मयङ्क बाजपेईलाई नियन्त्रणमा लिइएको छ । सोमबार बिहान १० किलो चरेससहित वीरगञ्ज महानगरपालिका–१६ बाट भारत उत्तर प्रदेश प्रतापगढ निवासी मैनुदिन अन्सारी र भारत विहार मोतिहारी निवासी अमरुल्लाह अन्सारीलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।
त्यस्तै वीरगञ्जको इनर्वाबाट नौ सय थान नाइट्रोभेट ट्याब्लेटसहित कञ्चनपुरको भीमदत्त नगरपालिका–९ निवासी दिपेन्द्र पनेरुलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले बताए । यसैबीच सोमबार बिहान ठोरी गाँउपालिका–२ बाट लु १ ख ३३१० नं को ट्रकबाट नौ गाठ कपडा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि ट्रकधनी चितवन माडी– २ निवासी ऋषि सुवेदी, चालक कुमार राई र सहचालक सुजन राईलाई नियन्त्रणमा लिइएको उपरीक्षक ढकालले जानकारी दिए ।
लागुऔषधसहित पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी आवश्यक अनुसन्धान भइरहेको छ भने बरामद भएको कपडा र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
- 2083/01/10 १२ दिनदेखी एक यूवक वेपत्ता २० दिनपछि वेपत्ता अर्का यूवक फेला
- 2083/01/10 सरकारी विज्ञापन नीति बिरुद्ध आपत्ति जनाउँदै पत्रकारद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ