News Category 2075/10/23
राजविराज नगरपालिकाद्वारा अपाङ्गतालाई परिचयपत्र बितरण सुरू
दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
राजबिराज नगरपालिकाले नगरभित्रका अपांगता भएका ब्यक्तिहरूलाई बुधबारदेखी परिचयपत्र बितरण कार्य सुरू गरेको छ ।
राजबिराज नगरपालिका प्रमुख शम्भु प्रसाद यादब तथा उपप्रमुख साधना झाले संयुक्त रूपमा राजबिराज वडा नं. १ का शारीरिक रूपमा अशक्त भएका ३ बर्षिय बालक भरतकुमार यादबलाई रातो कार्ड बितरण गरि कार्यको सुरुवात गरेका छन् ।
राजबिराज नगर कार्यपालिकाको माघ १४ गतेको बैठकको निर्णयबाट सबै प्रकारका अपांगता ब्यक्तीहरूको अधिकार सम्बन्धी ऐन ०७४ को दफा ४२ अनुसार अपांगता परिचय पत्र कार्ड बितरण गर्न कार्य अगाडी बढाएको नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत राजेशकुमार राजले जानकारी दिएका छन् ।
यसैगरी राजबिराज ४ का अमरदेब ठाकुरले पहेलो, राजबिराज १४ का चन्द्रप्रभा देबीले सेतो कार्ड र राजबिराज ९ का निशा कुमारी दासलाई पहेलो कार्ड बितरण गरिएको छ ।
अपांगताको बर्गिकरणको आधारमा राजयबाट पाउने सेवा सुबिधाहरूलाई चार बर्गमा विभाजन गरिएको छ ।
अपांगताको बर्गिकरण अनुसार क बर्गमा पुर्ण अशक्त अपांगताले रातो कार्ड पाउनेले मासिक २ हजार भत्ता पाउने छ भने ख बर्गमा अतिअशक्त अपांगताले निलो कार्ड पाउनेले मासिक ६ सय सहित राज्यले निर्धारण गरेको सबै सुबिधा पाउने समाजिक शाखा प्रमुख देबिता यादबले बताईन ।
त्यस्तै ग बर्गमा मध्य अपांगता भनेको पहेलो कार्ड पाउनेले नेपाल सरकारले अपांगता भएका ब्यक्तीहरूलाई छुटयाईएको सबै सुबिधाहरू प्राप्त गर्न सक्छ भने घ बर्ग भनेको समान्य अपांगताले राज्यवाट सबै सुबिधा पाउने छ ।
यस अघि महिला तथा बालवालिका कार्यलयबाट सबै प्रकारका अपांगता भएका ब्यक्तीहरूको परिचयपत्र बितरण भईरहेको थियो । तर, हाल नेपाल सरकारको निर्णय अनुसार प्रत्येक स्थानिय तहवाट अपांगता परिचयपत्र बितरण प्रक्रियालाई अगाडी बढाएको समाबेशी अपांग सँघका अध्यक्ष सतिशचन्द्र झाले बताए ।
सो अवसरमा उपप्रमुख साधना झा, निमित प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार राज, वडा अध्यक्ष अरूण यादब, संजय यादब, जयनारायण मण्डल, प्रेम कुमार यादब, समाजिक शाखा प्रमुख देबिता यादब, बरिष्ठ पत्रकार शिबहरी भटराई, पत्रकार चन्दनकुमार यादबलगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
- 2082/10/06 डाक्नेश्वरीको सबै स्वास्थ्य चौकीमा सात दिन भित्रै औषधी उपलब्ध गराइने
- 2082/10/06 वृद्धको रहस्यमय मृत्यु
- 2082/10/06 जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
- 2082/10/06 चित्रगुप्त सेवा समितिद्वारा मधेशका दुई मन्त्री सम्मानित
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ